बसपार्कबाट छुटेका गाडीहरुलाई दुर्घटनाबाट जोगाउन मादक पद्धार्थ सेवन परीक्षण अनिवार्य : ट्राफिक प्रमुख ढकाल



प्रकाशित मिति : Sep 28, 2019

काठमाडौं । दशैं–तिहार पर्व नजिकिएसँगै काठमाडौंबाट बाहिरका जिल्लाहरु जाने नाकाहरुमा अत्यासलाग्दो जामहरु हुन थालेका छन् । विशेषगरी थानकोट–नागढुंगा नाकामा बढी जाम हुने गरेको छ । काठमाडौं छिर्ने मुख्य नाका भएकै कारण ठूला–ठूला मालबाहक गाडी, सडकको जीर्ण अवस्था र वर्षाका कारण जाम हुने गरेको छ । शुक्रबार मात्रै पनि थानकोट–नागढुङ्गाको जाममा फसेर एक जनाले ज्यान गमाउनु परेको समाचारसमेत आइसकेको छ ।

यस्तै समस्यालाई मध्यनजर गर्दै गृहमन्त्री रामबहादुर थापा (बादल)ले नाकाहरुमा जाम हुन नदिनकालागि निर्देशनसमेत दिइसक्नु भएको छ । त्यस्तै यातायात व्यवस्था विभागले सूचना जारी गर्दै दशैं अवधिभर काठमाडौं उपत्यकामा १० चक्के तथा त्यो भन्दामाथिको सवारी साधन प्रवेशमा निषेध गरेको छ ।

काठमाडौं उपत्यकाको ट्राफिक ब्यावस्थापन किन जटिल बन्दैछ ? दशैं–तिहारको समयमा महानगरीय ट्राफिक महाशाखाले यसको व्यवस्थापन के–कसरी गर्दैछ ?लगाएतका विषयमान्युज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ‘६ प्रश्न’मा महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालसँग विशेष कुराकानी गरेको छ ।

टिभी जर्नलिष्ट स्मृति मल्लसंग कुरा गर्दै उहाँले चाडपर्वको विशेष अवस्थामा रहेकोले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउने उदेश्यले सुरक्षा योजना बनाएर कार्यन्वयनमा ल्याएको जानकारी दिनुभयो । उहाँले अगाडि भन्नुभयो ‘ विशेष गरी सवारी आवगमन अत्याधिक हुन्छ, दशैं–तिहारको अवसरमा १९–२० लाखको जनसंख्या बाहिर जान्छन् । अहिले नागढुंगा–नौबिसेदेखि गजुरीसम्म भेहिकलको रस देखिन्छ । विगत दुई–तीन देखि यो क्रम बढेको हो । तर, काठमाडौं भित्र भने पाँच गतेबाटै सुरक्षा योजनालाई कार्यन्वयनमा ल्यायौं । हिजोसम्म अत्यधिक भेहिकलको रस बढेको छ । विस्तारै केही कम हुन्छ भन्ने आशा गरेका छौं । हाम्रो रेसियोले पनि त्यो देखाउँछ ।’

एएसपी ढकालले अगाडि थप्नुभयो– ‘हामीले दशैं लक्षित पाँच–सात वटा कुरालाई ध्यानमा राखेका छौं । हामीले हरेक बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरी चलायमान बनाएका छौं । यसले यात्रुहरु ठगीनबाट जोगाउने, दुव्र्यवहारहरुबाट जोगाउने लगायत गाइड गर्ने काम गर्छ । बसपार्कबाट छुटेका गाडीहरु दुर्घटना हुनबाट जोगाउनका लागि हामीले मादक पद्धार्थ सेवन गरे÷नगरेको चेकजाँच अनिवार्य गरेका छौं ।’

बाँकी कुरा भिडियोमा हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com