गाउँगाउँमा सिंहदरबार नारा लगाएर झुक्याएको भन्दै तेह्रथुमका किसानहरु निरन्तर आन्दोलनमा (भिडियो)



प्रकाशित मिति : Sep 28, 2019

१.गाउँगाउँमा सिंहदरबार नारा लगाएर झुक्याएको भन्दै तेह्रथुमका किसानहरु निरन्तर आन्दोलनमा

तेह्रथुमका किसानहरु निरन्तर आन्दोलनमा छन् । सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको नाराले दङ्ग परेका किसानहरु त्यतिखेर तीनछक्क परे, जतिखेर उनीहरुको घरपायक रहेको पशु सेवा र कृषि विकास कार्यालय जिल्लाबाट नै हटेर धनकुटामा पुग्यो । घरघरमा पाएको सुविधाका लागि पनि अब उनीहरुले धनकुटामा धाउनु पर्ने भएपछि आफूहरुको खुसी संघीयताले खोसेको निष्कर्षमा पुगेका छन् ।

कृषि ज्ञान केन्द्र र पशु विज्ञ शाखामार्फत जिल्लाबाटै कृषकहरुलाई सेवा दिनु पर्ने माग गर्दै उनीहरु अहिले निरन्तर आन्दोलनमा छन् । सेवा खोसिएको विरोधमा कहिले साप्ताहिक हाटबजार बन्द गराएका किसानहरुले हलगोरु नै सडकमा निकालेर समेत विरोध प्रदर्शन गरेका छन् । नारा दिए जसरी सुविधा दिनु पर्ने ठाउँमा गाउँघरमा नै पाएको सुविधा खोसिदा संघीयताको पक्षमा बनाइएको नारा फेर्नुपर्ने या सेवा सुविधा फर्काउनु पर्ने अडानमा उभिएपछि समग्र तेह«थुमको ध्यान नै अहिले किसानहरुले खिचेका छन् ।

२.सरकारी कार्यालयमा अनलाइन सेवा, विद्युत, दक्ष कर्मचारी, इन्टरनेटको अभावमा सेवा प्रभावहीन

उपभोक्ता एवं सेवाग्राहीसँग गाँसिएका अधिकांश सेवा प्रदायक कार्यालयहरु प्रविधिसँग जोडिने क्रम तीब्र छ । सेवाग्राहीको बढी चाप हुने मालपोत कार्यालयहरु पनि धमाधम प्रविधिसँग जोडिन थालेका छन् । परम्परागत शैलीलाई त्यागेर प्रविधिसँग जोडिएर अनलाइनबाट सुविधा दिदा ग्राहकहले पनि छिटो र छरितो सुविधा पाउँदा सरकारी कार्यालयहरुमा अनलाइन सेवा पनि प्रभावकारी बन्दै गएका छन् ।

तर, अनलाइन प्रणालीबाट सेवा दिदा ध्यान दिनुपर्ने पक्षमा भने सम्बन्धित कार्यालयको ध्यान गएको पाइएको छैन । पर्याप्त विद्युत सेवाको अभाव, दक्ष कर्मचारी नहुनु र भरपर्दो इन्टरनेट सुविधा नहुँदा अनलाइन सेवाहरुले जति प्रभावकारी भूमिका खेल्नुपर्ने हो त्यति खेल्न सकेको छैन । यही हालत भएको छ, भोजपुरको मालपोत कार्यालयको पनि ।

३.अनाथ बालबालिकाको आश्रयस्थल राहसल बालगृह इलामले बनायो आफ्नै भवन

समाजमा सहयोगी हातहरुको कमी छैन । यही सहयोगी हातहरुको सहयोगले इलामका अनाथ बालबालिकाले सहारा मात्र पाएका छैनन सम्भावित अध्याँरो भविष्यलाई पन्छाएर सुनौलो भविष्यतर्फ आफ्नो पाइला केन्द्रित गर्न पनि सफल भएका छन् । अनाथ बालबालिकाको सबै थोक सडक हो भने भविष्य पनि त्यही सडक नै हो । यस्तै अवस्थामा रहेका बालबालिकालाई संरक्षण दिन इलाममा स्थापना गरिएको राहसल बाल क्लबले स्थापनाको छोटो समयमा नै आफ्नै भवन पाएको छ । बिभिन्न कठिनाईबीच सुरु भएको यो बालगृहमा अहिले १५ अनाथ बालबालिकाले सहारा लिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com