भक्तपुरमा भब्यताकासाथ ‘पुलुकिसि जात्रा’ मनाइयो



प्रकाशित मिति : Sep 18, 2019
  • राम गोपाल तमखु,

भक्तपुर, १ असोज । बुधबार भक्तपुरमा पुलुकिसि (मान्द्रोबाट बनएको) जात्रा भव्यरुपमा मनाइएको छ । यन्यापुन्हिको अन्तिम दिन आज भक्तपुरमा ऐतिहासिक पुलुकिसि जात्रा मनाउने परम्परा छ । लाकुलाछेँ टोलमा बनाउने उक्त पुलुकिसिलाई आज साँझ गःहीति हुदै तःमाहीमा ल्याएर तीन चकर लगाएपछि पश्चिमपट्टिको दबुमा बिश्राम गराइन्छ ।

त्यसपछि भक्तजनहरुले छ्वाली बालेर आगो तपाउने गरिन्छ । सँगै राखिएको अकाश भैरवलाई पूजा गरिसकेपछि मानन्धरहरुले सुकुन्दा बत्ति बालेर याँःमता बाल्नको लागि बुलुचा टोलमा लगिन्छ । बुलुचामा याँःमता बालिन्छ र आकाश भैरव बुलुचा पुग्ने बित्तिकै याँःमता अघिअघि आकाश भैरव पछि–पछि गरी नगर परिक्रमा गराउने चलन छ । त्यसलगत्तै तःमा¥हीबाट पुलुकिसिलाई भव्यरुपमा अगाडि–पछाडि दौडाएर जात्रा मनाइएको छ । आज जात्राको अन्तिम दिन मूःपात्र तलेजुबाट निकालेर नगर परिक्रमा गगरिएको छ । मूःपात्रलाई पुलुकिसिले भेट्यो भने मार्छ भने लोककथन छ ।

यन्यापुन्हि जात्राको आर्कषण पुलुकिसि अर्थात् ऐरावत हात्ती पनि हो । किम्बदन्ती अनुसार मत्र्यलोकमा कैद परेका आफ्ना छोरा जयन्तको खोजीमा इन्द्रले आफ्ना बाहन ऐरावत हात्तीलाई खोज्न पठाएको भावले यहाँ ऐरावत हात्ती अर्थात् पुलुकिसिको जात्रा सुरु भएको मान्न सकिन्छ । भक्तपुरको पुलुकिसिको जात्रा आश्विन कृष्ण चौंथी अर्थात् इन्द्रजात्राको अन्तिम दिनमा हुन्छ ।

भक्तपुर लाकुलाछेंस्थित किसी छेःमा रहेको मान्द्रोको टाउको र जीउ बनाइन्छ । सुँडसहितको टाउकोलाई आर्कषक रंगरोगन गर्ने काम तलेजुसँग सम्बन्धित चित्रकारले गर्छ । हात्तीको जिउलाई निलो कपडाले बेरेर चारजना मानिसले बोक्ने र पाँचौ व्यक्तिले पुलुकिसि भित्र रहेको घण्टा बजाउने काम गर्छ । लाकुलाछेंबाट तयार गरी जात्रा गर्ने क्रममा गःहिटी हुँदै तःमा¥ही पु¥याई तीनपल्ट घुमाइन्छ । हात्ती अगाडि बढ्दा त्यस भित्रको घण्टा बजाउँछ । तर हात्ती पछाडि गर्दा घण्टा बजाउनुहुँदैन भन्ने मान्यता छ । पुलुकिसि जात्राभरी कहीँकतैको घण्टा बजाउनु हुँदैन भन्ने पनि मान्यता छ ।

तःमार्हीको भैरवनाथ मन्दिर सामुन्नेको डबलीमा राखी आगो ताप्न दिन्छ । त्यहाँबाट अगाडि–पछाडि हात्ती प्रदक्षिणा मार्ग हुँदै जब बंशगोपाल पुग्छ, देगमनातर्फ मुख पार्दै धान खुवाएको अभिनय गर्छ । त्यसबेला त्यो दिशातिर खेत भएकाहरूले हात्तीलाई धान पु¥याई पुनः नगरको पश्चिमतर्फ हेरी धान खुवाइन्छ । त्यसपश्चात् हात्ती भक्तपुरको दरबार क्षेत्र पुग्छ ।

त्यहाँ तीन चक्कर घुमाई पुनः अगाडि–पछाडि गर्दै भोलाछें पुगेपछि त्यहाँबाट उत्तरतिर हेरी धान खुवाउने चलन छ । हात्ती यसरी सूर्यमढी पुगेपछि त्यहाँबाट पूर्व हेरी धान खुवाइन्छ र सुर्यमढीबाट जब तलातुंथी पुगेपछि हात्तीलाई पुनः पानी खुवाएको अभिनय गर्छ । जब हात्ती दत्तात्रय चोक पुग्छ, हात्तीलाई भिमसेन डबलीमा राखी आगो ताप्न दिइन्छ । यसरी हात्ती नगर परिक्रमा गरी पुनः तःमार्ही हुँदै लाकुलाछें पुगेपछि पुलुकिसी जात्रा सम्पन्न हुन्छ ।

पुलुकिसि जात्राको क्रममा बज्ने घण्टा अत्यन्त आर्कषक र कर्णप्रिय हुन्छ । साथै हात्तीलाई यता–उता गर्दा हात्तीको सुँडले अरुलाई छुने डर हुन्थ्यो । सुँडले छोयो भने अनिष्ट हुन्छ भन्ने मान्यता छ । तर, अचेल यसमा कमैमात्र विश्वास गर्दा जोसुकै हात्तीको नजिक जाने प्रयास गर्दा जात्रामा हुलमुल भएको देखिन्छ, जसबाट हात्ती बोक्नेहरूलाई सकस भएको पाइन्छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com