इटहरीको पचरुखीमा टिभीएसको ‘ह्विली बिट्स कन्सर्ट’ सम्पन्न



प्रकाशित मिति : Sep 18, 2019

इटहरी । नेपालका लागि टिभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले इटहरीको पचरुखीमा टिभीएसको ‘ह्विली बिट्स कन्सर्ट’ सम्पन्न गरेको छ । इटहरीको पचरुखीमा बुधबार (विश्वकर्मा पूजाको दिन) सम्पन्न गरिएको यस कार्यक्रममा रास्ट्रिय बाइक राइडर सन्दीप छेत्री, प्रकाश अधिकारी, भिम होना साथै गौरब पाठकले स्टन्ट–शो प्रस्तुत गरेका छन् ।

यसका साथै चर्चित हास्यकलाकार दिनेश काफ्लेले पनि आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए, भने विभिन्न गीतमा नृत्यसमेत प्रस्तुत गरिएको थियो । यसै कार्यक्रमको अवसरमा जेष्ठ नागरिक समाजका अध्यक्ष कर्ण बहादुर कार्कीको हातबाट टिभीएस आरटीआर १६० टुभी र टिभीएस रेडन ११० सीसी सार्वजनिक गरिएको छ ।

जेष्ठ नागरिक समाजका अध्यक्ष कार्कीले टिभीएसको नयाँ बाइक बलियो, राम्रो र भरपर्दो भएको बताएका छन्, भने बाइकको क्षमता र ट्राफिक नियम पालना गर्नसमेत आग्रह गरेका छन् । त्यस्तै पारस अटो मोबाइल्सका सञ्चालक लीलानाथ लुइटेलले सांस्कृतिक तथा स्टन्ट शोले समाजमा लुकेर बसेको नयाँ प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्ने बताएका छन् । यस कार्यक्रममा करीब १५०० जनाले सहभागिता जनाएका थिए ।

आउँदै गरेको बडादशैं र तिहारको अवसरमा ग्राहकहरुलाई लक्षित गरी ‘टिभीएस दशैको दौड’ भन्ने स्किम लागू गरेको छ । यसै अवसरमा जगदम्बा मोटर्स प्रालिले नेपालको मुख्य मुख्य सहरमा ‘टिभीएस ह्विली बिट्स’ कार्यक्रम सुरु गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com