संखुवासभाबाट धरान जाँदै गरेको जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता



प्रकाशित मिति : Sep 18, 2019

संखुवासभा । खांदबारीबाट धरान जाँदै गरेको जीप गएराति अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । मंगलबार राति १० बजेको समयमा बिरामी बोकेर धरान जानेक्रममा को १ ज ३७४९ नम्बरको जीप अक्करको भिरबाट अरुण नदीमा खसेको हो ।

This image has an empty alt attribute; its file name is image-112-768x416.png
अक्कर भिर

अक्कर भिर संखुवासभाकै धर्मदेवी नगरपालिका वडा ८ मा पर्दछ । निरन्तर बर्षाका कारण कच्ची सडकमा हिलो भएकाले जीप चिप्लिएर नदीमा झरेको हुनसक्ने संखुवासभाका डिएसपी मिम लामाले बाताए ।

दुर्घटना लगत्तै खाँदबारीबाट परिचालित प्रहरी घटनास्थल पुगेपनि उद्धार हुन सकेको छैन । निरन्तर पानी पर्दा खोलामा बढी आइरहेकाले उद्धारमा समस्या भएको संखुवासभा उनले बताए ।

जीपमा जम्मा ६ जना सवार रहेको खुलेपनि को को थिए भन्नेबारे खुल्न नसेको डिएसपी लामाले जानकारी दिएका छन् । अहिलेपनि उद्धार कार्य जारी रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com