युरोपियन च्याम्पियन्स लिग : बार्सिलोनालाई गोलकिपरले बचायो



प्रकाशित मिति : Sep 18, 2019

एजेन्सी, असोज १ : युरोपियन च्याम्पियन्स लिग फुटबलमा नयाँ सिजनको पहिलो खेलमा स्पेनिस बार्सिलोना र जर्मन क्लब बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएका छन् । मंगलबार राति भएको खेलमा बार्सिलोना र डर्टमुन्ड गोलरहित बराबरीमा रोकिएका हुन् ।

डर्टमुन्डको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जोगाउनको लागि गोलकिपर मार्क आन्द्रे टर स्टेगेनले उत्कृष्ट प्रदर्शन गरे । उनले एक पेनाल्टी रोक्नुका साथै आधा दर्जन प्रहारलाई गोल हुनबाट जोगाए ।

बार्सिलोनालाई दबाबमा राखेको डर्टमुन्ड खेलको ५७औं मिनेटमा पायो । उक्त पेनाल्टीलाई
रेउसले प्रहार गरेको थिए तर बार्सिलोनाका गोलरक्षकले बचाए ।

सुरुमा आफ्ना कप्तान तथा स्टार खेलाडी लिओनल मेस्सीलाई बेन्चमा राखेर मैदान उत्रेका थियो तर बार्सिलोना दबाबमा परेपछि ६०औं मिनेटमा अन्सु फातीको स्थानमा मेस्सीलाई मैदान छिराएका थिए ।

मेस्सी मैदानमा छिरेपछि बार्सिलोनाले केही राम्रा मुभ बनाए पनि गोल गर्न सकेन । गोलरहित बराबरीमा खेलेपछि डर्टमुन्ड र बार्सिलोना दुवैले १–१ अंक बाँडेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com