‘श्रीमान र सासुससुरा मिलेर बुहारीलाई जलाएर मारे’



प्रकाशित मिति : Sep 18, 2019

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका ६ महुवाको बैरिहवाकी एक महिलाको सोमवार घरभित्रै जलेर मृत्यु भएको छ। माइती पक्षले जलाएर उनको हत्या गरिएको आरोप लगाएका छन्।

२२ बर्षिया शीला नाउलाई उनकै श्रीमान जगदीश नाउ, ससुरा भिखी नाउ र सासु बासमतीले जलाएर मारेको मृतकका बुवा बिष्णु नाउले बताए । सोमवार राति ११ बजेतिर शीला आफ्नो कोठामा जलेर गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् ।

कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरका विष्णुले घाटी च्यापेर छोरीको हत्या गरेपछि तीनै जनाले मिलेर शरीरमा मट्टितेल छर्केर जलाएकोे आरोप लगाए। ‘छोरी र ज्वाइँबीच झगडा भइरहन्थ्यो, मलाई खबर पनि आउँथ्यो । तर त्यत्रो घटना हुँदा पनि मलाई कसैले जानकारी गराएन’, उनले भने । यो खबर नागरिक दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com