मुद्दा लडिदिने भन्दै आफ्नै आफन्तले डुबाए !



प्रकाशित मिति : Sep 17, 2019

सिराह । लहान नगरपालिका–८ की ४६ वर्षीया सावित्रीदेवी महतो माथि परेको ज्यान मुद्दा लडिदिने भन्दै सोही नगरपालिका १८ का भिनाजु पर्ने रामचन्द्र महतोले करोडौंको सम्पति हत्याउन झालझेल गरेको आरोप लागेको छ । सावित्रीकी श्रीमान भोला महतोको मृत्युमा पतिको हत्या गराएकी आरोप लगाउदै आफ्नै जेठाजु दुखी महतोले सावित्रीमाथि मुद्दा हालेका थिए । सोही मुद्दा लडिदिने भन्दै सावित्रीकी भिनाजु पर्ने रामचन्द्र महतोले पटक–पटक कपाली तमसुक बनाए ।

ज्यान मुद्दामा सावित्रीले जिल्ला हुँदै सर्वोच अदालतसम्म आइपुग्दा सफाई पाइन् । आँफू निरक्षर भएकाले सबै कागजपत्रमा मुद्दाको प्रतिउत्तर भन्दै औँठा छाप लगाइदिने गरेको उनी बताउँछिन् । सही छाप गराएको कपाली तमसुक रामचन्द्रले केही वर्ष गोप्य राखेपनि पछि मुद्दा लड्न खर्च भएको भन्दै कपाली तमसुक देखाएर पैसा माग्न थाले । उनले तमसुकमा १ करोड ३० लाख पु¥याएकोमा गाँउले र ८ नम्बर वडा कार्यालयका वडा अध्यक्ष विजय कुमार महतोले ८० लाख दिनुपर्ने निर्णय गराए ।

सावित्रीले १० लाख दिएपनि ८० लाख दिन नसकेपछि लहान बजारको २ कठ्ठा जग्गा रामचन्द्रको नाममा नामसारी गरिदिइन्, तर पनि रामचन्द्रले कपाली तमसुकलाई नसच्याएर आँफूलाई सडकमा ल्याइदिन्छ कि भन्ने डर सावित्रीमा छ ।

ऋाफूले कुनै नगद रकम नलिएको तर पनि भिन्न–भिन्न कपाली र अन्य कागज गराएर ठगी गर्दै आएको भनि सावित्रीले इलाका प्रहरी कार्यालय लहानमा ठगीको उजुरी गरिन् । ठगी मुद्दामा रामचन्द्रलाई पक्राउ गर्न भनि जिल्ला अदालत सिराहाले जिल्ला प्रहरी कार्यालय सिरहाको नाउँमा २०७६ जेष्ठ २७ गते काटेको भएपनि अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन ।

ठगीको आरोप लागेका रामचन्द्र भने गाउँमा खुलेआम घुम्दै आफूसँग यस्ता कैयौं कपाली कागज भएको भन्दै पीडितलाई तर्साउदै आएका छन् । आफू ठगीमा परेको र न्याय पाऊँ भनि दर्जनौं पटक इलाका प्रहरीदेखि जिल्ला प्रहरीसम्म धाएपनि कुनै सुनुवाई नभएको भन्दै पीडित सावित्रीले दुखेसो पोखिन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com