संविधान दिवसबारे समाजवादी पार्टीको निर्णय हाँस्यास्पद: विश्लेषक



प्रकाशित मिति : Sep 17, 2019

काठमाडौं । संविधान जारी भएदेखि नै तत्कालिन संघीय समाजवादी फोरमले संविधान संशोधन गरेर मधेशको मागलाई सम्वोधन गर्न सरकारलाई दवाव दिदै आएको छ ।

संविधान संशोधन गर्ने ३ बुदे सहमति गरि गत जेठ १४ गते तत्कालिन संघीय समाजवादी फोरम सरकारमा सामेल भएको थियो । तर, अहिले समाजवादी पार्टीले दिवसको विरोध र उत्सव दुवै नमनाउने निर्णय गरेको छ । यत्तिसम्मकी पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव दिवसकै समयमा विदेश भ्रमणमा जाँदै हुनुहुन्छ ।

समाजवादीले उठाएका मुद्धा आपसी सहमतिमा संविधान संशोधन गरेर कार्यान्वयन गर्ने भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान नदिएको उनीहरुको गुनासो छ । प्रधानमन्त्री ओलीले आफ्नो मागको व्यवस्था गरेका कारणले पनि सरकारमै रहेर पनि संविधान दिवस मनाउन नसकिने पार्टीका नेताको तर्क छ । समाजवादी पार्टीले दिवस नमनाउने भनिरहँदा प्रदेश नम्बर दुईको सरकारले भने दिवस उत्सवका रुपमा मनाउने घोषणा गरेको छ ।

समाजवादी र राजपा मिलेर बनेको प्रदेश सरकारको केन्द्र सरकारसँग आफ्नो असन्तुष्टका बीच कार्यक्रम गर्ने बताउँदा समाजवादीको निर्णयलाई विश्लेषकले बेइमानी दल भएको बताएको छ ।संवैधानिक व्यवस्था अनुुसार सपथ लिने, सरकारका काममा सहयोग गर्ने तर, दिवस भने नमान्ने भन्नु उसको मुर्खता भएको विश्लेषकको तर्क छ ।

समाजवादी पार्टीको सत्तालिप्साका कारण नै उसले नैतिक रुपमा राजनीति गर्ने र जनताको विश्वास जित्ने मौका गुमाएको विश्लेषकको विश्लेषण छ । तर, समाजवादी पार्टी भने संविधान जारीभएको दिनमा पंचायती शैलीमा उर्दी जारीगरेर सबैलई दीपावली गर्नलगाउनु वा संविधान च्यातेर कालोदिवस मनाउनु दुवै अतिवाद भएको तर्क गर्र्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com