वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता : आयोजक ‘ए’ लाई हराउँदै बाकामलाङ्गले हत्यायाे उपाधि



प्रकाशित मिति : Sep 17, 2019
  • सुमन कार्की

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका २ सहलकोट अनन्दीमा भञ्ज्याङ्ग साङ्गितिक मेला २०७६ अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न भएको छ । श्राद्ध पूर्णिमाको अवसरमा मुना एण्ड लेकाली जनजागृती परिवार निस्दी २ सुकेकोटको आयोजना र न्यू जेनेरेशन यूवा क्लव निस्दी २ आनन्दीको सहआयोजनामा कार्यक्रम भएको हो ।

मेला अन्तर्गत भएको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता अन्तर्गतको फाईनल खेलमा आयोजक ए लाई २÷० को सोझो सेटमा हराउँदै बाकामलाङ्गले उपाधि हात पारेको हो । पहिलो सेट २५÷२३ अंक र दोस्रो सेट २५/२० अंक सहित बाकामलाङले हात पारेको थियो ।

यस संगै आयोजक ए ले भने द्वितिय स्थानमा चित बुझाएको छ । त्यस्तै १८ समुहका सहभागीता रहेको प्रतियोगितामा रामपुर नगरपालिका १० जब्गादीको समुह तृतिय भएको छ । विजयी समुहले क्रमश नगद २५ हजार, १८ हजार र १० हजार सहित मेडल र प्रमाण पत्र हात पारेको छ । उत्कृष्ठ खेलाडी बाकामलाङका विजय कुमार परियार भएका हुन् ।

यता ६ समुहको सहभागीता रहेको महिला भलिबल प्रतियोगितामा फाईनल खेलमा निस्दी २ लाई सोझो सेटमा पराजित गर्दै रामपुर १ बर्दाकोटले प्रथम स्थान हासिल गरेको छ । लिन्दी द्धितिय भएको छ । त्यस्तै रामपुर नगरपालिका १ को समुह तृतिय भएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com