‘शेरशाह’ को सुटिङमा सेटमै बाइक दुर्घटनामा परे सिद्धार्थ मल्होत्रा



प्रकाशित मिति : Sep 17, 2019

काठमाडौं । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा दुर्घटनामा परेका छन् । अहिलेको समय सिद्धार्थ आफ्नो अपकमिङ फिल्म ‘शेरशाह’ को सुटिङमा ब्यस्त छन् । यो फिल्मको सुटिङ कार्गिलमा चलिरहेको छ । यसै फिल्मको सुटिङ सेटमा अभिनेता सिद्धार्थ घाइते हुन पुगेका हुन् । उनको बाइक राइडिङको क्रममा दुर्घटना हुन पुगेको हो ।

जनकारी अनुसार सिद्धार्थ र अर्का कलाकार शिव पण्डित बाइक राइड गरिहेका थिए, सोही क्रममा दुर्घटना हुन पुगेको हो, जहाँ सिद्धार्थको खुट्टामा चोट लागेको छ । मुम्बई मिररको एक रिपोर्टमा लेखिएको छ– ‘सुटपछि सिद्धार्थ र शिव बाइक राइडको लागि निस्किएका थिए । यसै क्रममा शिवले बाइक ब्यालेन्स गर्न नसकी चिप्लिन पुगेको थियो । सिदार्थ पछाडि बसेका थिए ।

तरपनि ब्रेक लगाउन कोसिश गरेका थिए । यसै क्रममा बाइक चिप्लिन पुग्यो, जसको कारण उनको हात र खुट्टामा चोट लागेको छ । उनीहरु दुवैले हेल्मेट लगाएका थिए, त्यसैले ठूलो दुर्घटना हुनबाट बच्न सफल बने ।’

सोर्सका अनुसार दुर्घटनामा परी आफू घाइते हुँदा हुँदै पनि अभिनेता सिद्धार्थले सुटिङ सुरु गरिसकेका छन् । गत आइतबारका दिन १५० जनाको क्रुले एउटा महत्वपूर्ण सिनको सुट गर्न तयार थिए । त्यहाँ विशाल सेटअप पनि तयार गरिएको थियो । तर सोमबारका दिन भने सिद्धार्थलाई आराम गर्न दिइएको छ ।

यसै विषयलाई लिएर सिद्धार्थले भने– ‘फिल्मको शेड्युअल र स्केल देखेर मलाई ठीक हुन खासै समय लाग्दैन । यस प्रकारको दुर्घटनाहरु हुन्छन् । तर यो धेरै खतरा पनि हुनसक्छ । अब केही दिनमै ठीक हुन्छु भन्ने आशा छ ।’

‘शेरशाह’ फिल्ममा सिद्धार्थले दोहोरो भूमिका गरिरहेका छन् । यो फिल्म क्याप्टेन विक्रम बत्राको कहानीमा आधारित हुनेछ । फिल्मलाई विष्णु वरधानले निर्देशन गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com