‘घामड शेरे’को फस्टलुकमा सार्वजनिक निश्चलको फरक रुप



प्रकाशित मिति : Sep 17, 2019

काठमाडौं । रोमान्टिक–कमेडी जनरामा बनेको चलचित्र ‘घामड शेरे’को फस्टलुकका साथै प्रदर्शन मिति सार्वजनिक भएको छ ।

निर्देशक हेमराज बिसीले निर्देशन गरेको चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई फिचर्ड गरिएको छ । चलचित्रमा रियल लाइफ जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा रहे पनि फस्टलुकमा निश्चललाई मात्र स्थान दिइएको छ । यसै गरी चलचित्र कात्तिक ८ गतेबाट प्रदर्शनमा आउनेछ । निश्चल चलचित्रको शीर्ष भूमिकामा छन् भने स्वस्तिमाले उनको श्रीमतीको भूमिका निभाएकी छिन् ।

चलचित्रमा निश्चल र स्वस्तिमाका साथमा सुष्मा निरौला, लोकेन्द्र लेखक, गौरी मल्ललगायतको पनि अभिनय रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com