चर्चित मोडल राजकुमार थारुको थारु म्युजिक भिडियो ‘बैथक्कु’ सार्वजनिक



प्रकाशित मिति : Sep 16, 2019

नेपालगन्ज ३० भाद्र । चर्चित मोडल राजकुमार थारुकोे थारु म्युजिक भिडियो बैथक्कु सोमवार सार्वजनिक भएको छ । पहिलो पटक चारवटा चर्चित थारु मोडेलहरुसँग मोडल राजकुमारले थारु म्युजिक भिडियोकोे ‘बैथक्कु’ सार्वजनिक गरेका हुन् ।

चर्चित मोडेल तथा गायीका अन्जु कुश्मी, राधा चौधरी, रितु नानु चौधरी, निर्मला चौधरीसंग मोडल राजकुमारले एक्लैले रोमान्स गरेका छन् ।

दशैँ तिहार नजिकिदै गर्दा थारु बस्तीमा गुञ्जिने थारु सांस्कृतिक भाका रहेको बैथक्कु गितले बजार तताउने आशा गरेको मोडल राजकुमारले बताए । दशैँ तिहारलाई लक्षित गरिी बनाईएको थारु म्युजिक भिडियो बैथक्कु गितको छायाङकन बर्दिया ठाकुर बाबा नगरपालिका वडा नं. ३ मिर्चैया र भुरिगाउँमा भएको हो ।

मेरो पहिलेदेखि नै थारु सांस्कृतिक गितको म्युजिक भिडियोमा खेल्ने इच्छा थियो अहिले सकार भएको छ मोडल राजकुमारले भने । बैथक्कु थारु म्युजिक भिडियोको छायाङकनमा बर्दिया मिर्चैयाका स्थानीय नागरिकले ठुलो साथ दिएको समेत राजकुमारले बताए ।

बैथक्कु निर्देशन सुरज कुस्मियाले गरेका छन् भने भने मोडल राजकुमारका साथमा अन्जु कुस्मी, राधा चौधरी, रितु चौधरी, निर्मला चौधरी, भुपेस चौधरी, मुन्सिराम चौधरी, प्रदीप चौधरी, सुकराज चौधरी र अनुप चौधरी लगायतले अभिनय गरेका छन् । सो गितमा गायक राज कुश्मी र गायिका समिक्षा चौधरीले स्वर दिएका छन् ।

आर.के.सि. मिडिया प्रा.लि.को ब्यानरमा निर्माण भएको थारु भिडियोको छायांकन रामु चौधरीले गरेका छन् भने हास्यकलाकार सत्यनारायण थारु (फेटारा)ले बैथक्कु गितमा कमेडि गरेर साथ दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com