फिल्म ‘कबडी कबडी कबडी’: ‘माया पिरती’ मा दयाहाङ र उपासनाकाे यस्ताे राेमान्स



प्रकाशित मिति : Sep 16, 2019

काठमाडौं । फिल्म ‘कबडी कबडी कबडी’ को नयाँ गीत ‘माया पिरती’ सार्वजनिक भएको छ । फिल्मको गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीले अभिनय गरेका छन् ।

गीतमा काली प्रसाद बास्कोटाको गायन, शब्द तथा संगीत रहेको छ । संगीत संयोजन भने सनी सुनमले गरेका छन् । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । यो फिल्ममा मनी राम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानी रहेको छ ।

फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका छन् । शैलेन्द्र डि कार्कीले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठ र सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।

फिल्ममा दयाहाङ र उपसनासँगै विल्सन विक्रम राई, कर्म शाक्य, उपासना सिंह ठकुरी, बुद्धि तामाङ लगतयतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्म यही शुक्रबार असोज ३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com