फिल्म ‘पारस’ बन्दै



प्रकाशित मिति : Sep 16, 2019

काठमाडौं । नयाँ फिल्म ‘पारस’ मा कलाकार निश्चल बस्नेत, सन्दिप क्षेत्री र नव अभिनेत्री समिक्षा पोखरेल भित्रिएका छन् ।

लगभग एक दर्जन फिल्म निर्माण गरेका निर्माता माधव वाग्लेको निर्देशनमा फिल्म ‘पारस’ बन्ने भएको छ । फिल्म ‘पारस’ बाट वाग्लेले निर्देशन सुरु गर्न थालिएका हुन् । आफू फिल्मको निर्माता समेत रहेका निर्देशक वाग्लेले बताएका छन् । फिल्म निर्देशनमा वाग्लेको रहर पनि रहेको बताए। वाग्लेले भने, ‘दश वटा फिल्म बनाउँदा मैंले निर्देशनको अनुभव लिएको छु।’

स्क्रिप्ट राइटर प्रदीप भारद्वाजसँग मिलेर स्क्रिप्ट लेखनको कार्य भइरहेको बताइएको छ । फिल्म पारस वाग्लेले पुर्व युवराज पारसको जीवनीमा आधारित नहुने बताए । मंसीरबाट छायाँकन सुरु हुने फिल्म पारस यसै वर्षको चैत २८ गते प्रदर्शन गरिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com