चर्चामा अभिनेत्री आलियाको स्यान्डल



प्रकाशित मिति : Sep 15, 2019

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो फिटनेशसँगै स्टाइलमा पनि निकै ध्यान दिदै आएकी छन् । आलियाले सँधै फ्यानहरुलाई आफ्नो नयाँ–नयाँ लुकले इम्प्रेस गर्दै आएकी छन् । आलियाको ह्याण्डब्यागदेखि लिएर ड्रेसेज र फुटवेयर सबैको चर्चा हुँदै आएको छ । प्राय आलियाले महंगो ब्राण्डका चिजहरु क्यारी गर्दै आएकी छन् ।

भर्खरै आलियालाई डार्क पिंक कलरको आउटफिटको साथमा ह्वाइट एण्ड ट्रान्सपेरेन्ट स्यान्डलमा देखिएको थियो । पछिल्लो समय ट्रान्सपेरेन्ट स्यान्डल निकै ट्रेण्डमा छ । आलियाको यस ट्रान्सपेरेन्ट स्यान्डल इटालियन ब्राण्ड ‘निओस’को हो । यस स्याण्डलको सोल र लाइनिङ १०० प्रतिशत लेदरको बनाइएको जनाइएको छ ।

आलियाको यस स्याण्डलको मूल्य ५०,००० हजार भारु भन्दा पनि बढी पर्ने बताइएको छ । वर्कफ्रन्टको कुरा गर्नुपर्दा फिल्म ‘ब्रह्मास्त्र’मा आलिया अमिताभ बच्चन र रनवीर कपुरको साथमा देखिदै छन् । फिल्मलाई अयान मुखर्जीले निर्देशन गरेका हुन् ।

यसका साथै उनी ‘सडक–२’ फिल्मको सुटिङमा ब्यस्त छन् । यो फिल्मलाई उनका बुबा महेश भट्टले निर्देशन गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com