बञ्चरेडाँडामा निर्माणाधिन ल्याण्डफिल साईटमा देखिएको समस्या संसदीय विकास तथा प्रविधि समितिमा छलफल



प्रकाशित मिति : Sep 12, 2019

काठमाडौँ । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले नुवाकोटको बञ्चरेडाँडामा निर्माणाधिन ल्याण्डफिल साईटमा देखिएको समस्या बारे सम्बन्धित मन्त्रालय र सरोकारवालहरुसँग छलफल गर्ने भएको छ ।

सिसडोलबासीले भदौ ३१ गते सम्म समस्या समाधान गर्न अल्टिमेटम दिएपछि समितिले त्यस क्षेत्रको समस्याबारे सम्बन्धीत मन्त्रालय तथा सरोकारवाल निकायसँग परामर्श गर्न लागेको हो ।

समितिले सिसडोलबासी र बञ्चरेडाँडामा निर्माणधिन ल्याण्डफिल साईटको समस्या समाधानका लागि शहरी विकास मन्त्रालय, संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय, अर्थ मन्त्रालय, लगानी बोर्ड, काठमाण्डौ महानगरपालिका, सो क्षेत्रका संघीय तथा प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिलाई छलफलमा बोलाएको हो ।

समितिको विहिबारको बैठकमा समिति सदस्यहरुले जीपछिरिङ लामा, गणेश कुमार पहाडी, बिना कुमारी श्रेष्ठ, सञ्जय कुमार गौतम र महेन्द्र राय यादवले फोहर व्यवस्थापनको विषयलाई राजनीतिकरण नगरि सहमति अनुसारको पुर्वाधार निर्माण र क्षतिपुर्ति दिलाउने विषयमा भईरहेको ढिलाईबारे सम्बन्धीत निकायसँग छलफल गरि सम्बन्धीत निकायलाई आवश्यक निर्देशन दिनुपर्ने धारणा राखेको थिए


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com