बिहीबार पनि घट्याे शेयर



प्रकाशित मिति : Sep 12, 2019

काठमाडौं । निरन्तर घट्दो रहेको शेयर बजारमा विहिवार पनि निरन्तरता पाएको छ । बिहीबार ५ दशमलव ३३ अंकले ओरालो झरेको छ । साताभरीमा साता भरि शेयर बजार ३३ दशमलव १९ अंकले घटेको छ ।

बिहीबार शेयर बजार परिसुचक नेप्से ५ दशमलव ३३ अंकले घटेर १ हजार १ सय ५७ दशमलव ८८ अंकमा कायम भएको छ । क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शुन्य दशमलव ९८ अंकले घटेर २ सय ५३ दशमलव ७९ अंकले ओरालो लागेको छ । पछिल्लो समय नेप्सेमा लगातार गिरावट आउँदा लगानीकर्ताले कारोबार बढाउन सकेका छैनन् । बजार लगातार घट्दा लगानीकर्ताको सहभागिता नै घटेको छ । बजारमा शेयरको माग र आपूर्तिको सन्तुलन विग्रन गई नेप्से ऋणात्मक बनेको बजार विश्लेषलकहरुले तर्क गरेका छन् ।

बिहीबार कारोवार रकममा समेत भारी गिरावट आएको छ । १ सय ६८ कम्पनीहरुको १५ लाख ५६ हजार ७ सय ९० कित्ता शेयर ३७ करोड ६१ लाख रुपैयाँमा कारोवार भएको छ । विहिवार सम्पूर्ण सूचक तथा उपसूचक घटेका छन् । जसमा सबैभन्दा धेरै होटलको १ दशमलव २९ प्रतिशतले घटेको हो । बजारमा कालिका पावर कम्पनीका शेयरधनीहरुले सबैभन्दा धरै ५ प्रतिशतले कमाएका छन् । अरुण भ्याली हाइड्रोपावरका शेयरधनीहरुले ७ प्रतिशतले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com