मेस्सीले भने- ‘रोनाल्डोसँग डिनर गर्न तयार छु’



प्रकाशित मिति : Sep 12, 2019

एजेन्सी । बार्सिलोनाका स्टार लिओनल मेस्सीले आफुलाई क्रिष्टियानो रोनाल्डासँग डिनर गर्न कुनै समस्या नभएको बताएका छन् । हालै यूईएफए अवार्डका क्रममासँगे रहेका प्रतिद्वन्द्वीहरुलाई उनीहरुको सम्बन्धको बारेमा सोधिएको थियो ।

रोनाल्डोले सो क्रममा आफुहरुबीच डिनर भए कुरामा मेस्सीले सहज स्विकार्ने बताएका हुन् । ‘ड्रेसिंग रुम सेयर नभएका कारण आफुहरुबीच सम्बन्ध नरहेको बताउँदै मेस्सीले रोनाल्डोसँग आफुलाई कुनै समस्या नभएको बताएका छन् ।’

मेस्सीले भनेका छन् ‘उनीसँग मेरो कुनै समस्या नभएको मैले सधैं भन्दै आएको छु, ड्रेसिङ रुम शेयर नगरेका कारण साथी छैनौं, तर उनलाई अवार्ड समारोहमा भेटिरहन्छु ।’

आफुहरुबीच डिनर हुने सम्भावना देखिएको छैन, उनी आफ्नै र आफुनै लाइफमा बीजी छु तर म डिनर गर्न तयार छु मेस्सीले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com