राष्ट्रियसभाको बैठकबाट दुई विधेयक पारित



प्रकाशित मिति : Sep 12, 2019

काठमाडौँ । राष्ट्रियसभाको बैठकले वन र वातारणसित सम्बन्धित दुई विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ ।

आजको बैठकले पारित गरेका ती विधेयकमा वातावरण संरक्षण विधेयक २०७५ र वन विधेयक २०७५ रहेका छन् ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ती दुई विधेयकलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बैठकमा प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ २९ गते आइतबार दिनको ३ बजे बस्नेछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com