नेपाल र मलेसियाबीच नयाँ कामदार लैजाने सहमति



प्रकाशित मिति : Sep 12, 2019

काठमाडौं। नेपालीहरुका लागि मलेसियामा रोजगारीको बाटो खुल्ने भएको छ । ‘शून्य’ लागतमा नेपालबाट नयाँ कामदारहरु मलेसिया जान पाउने भएको हाे।

कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्ने समझदारी नेपाल र मलेसिया दुई दशेबीच भएको छ । मलेसियाको क्वाललम्पुरमा नेपाल र मलेसियाका उच्च अधिकारीबीच तीन दिनसम्म संयुक्त कार्यदलको बैठक चलेको थियो । बठैकमा रोजगारी लैजाने सहमति भएकाे छ । उक्त सहमतिमा दुवै पक्षले हस्ताक्षर गरेका छन्।

आगामी नोभेम्बरको पहिलो साता मलेसिया सरकारले नेपाल सरकारद्वारा सूचीकृत एकसय २२ मध्ये ८६ वटा नयाँ स्वास्थ्य संस्थालाई निरीक्षण गर्न टोली पठाउने भएको छ । दुई महिना अगाडि मलेसिया सरकारको वार्षिक निरीक्षणमा पास भइसकेको कार‍ण उनीहरुले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने बाटो खुल्ला भएको हो ।

मलेसियाको रोजगार १५ महिनादेखि बन्द रहेको थियो । बन्द रहेको मलेसियाको रोजगार अब भने खुला गर्न सहमति भएको हाे।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com