पानीका मुहानहरु नष्ट गर्ने, पहिरो जाने, वनजंगल विनास हुने गरि सडक खन्न दिइदैन : महेश बस्नेत, नगरप्रमुख, इलाम नगरपालिका



प्रकाशित मिति : Sep 12, 2019

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा इलाम जिल्लामा साविकका इलाम नगरपालिका, साँखेजुङ, पुवामझुवा, माईपोखरीको केही वडा, बरवोटे, सुम्वेक, साङ्गरुम्बा, सोयाक, सिद्धिथुम्काको केहीभाग र गोदक गाउँविकास समितिलाई समेटेर इलाम नगरपालिका बनाइएको हो । यो नगरपालिका १२ वटा वडामा विभाजन गरिएको छ । नगरपालिकाको केन्द्र इलाम बजारमा राखिएको छ । स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेका महेश वस्नेतले नेपाली कांग्रेसका हिमालय कमचार्यलाई हराउँदै नगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् । उनै वस्नेतसँग इलाम नगरपालिकाको विकासमा कस्तो परिवर्तन हुँदैछ भन्ने सन्दर्भमा न्यूज २४ का लागि टिभी जर्नलिष्ट विनय तिम्सीनाले गरेको कुराकानीः

१ नं. प्रदेशमा रहेका नगरपालिकाहरूको छाता संगठनके अध्यक्ष हनु भएको छ सर्व प्रथम त यहाँलाई वधाइ छ, नगरपालिकाहरूका लागि ये छाता संघले कस्ता काम गर्नेछ ?

नगरपालिका संघ भन्नाले हामीले विशेष योजना बनाएर भौतिक निर्माण गर्ने काम होईन । यसले सरकारलाई आपसी समझदारी स्थापना गर्ने, अन्तर पालिका सम्वन्धलाई सुमधुर बनाउने, अनुभवहरुको आदान प्रदान गराउने र हाम्रा संवैधानिक हक अधिकारहरुलाई व्यवस्थित गर्ने तथा देशमा परेका समस्या समाधानका लागि प्रदेश सरकार र संघीय सरकारसँग अन्तरक्रिया गर्ने र अवश्यकता परेको खण्डमा त्यसको प्रतिरक्षा लागि विभिन्न कार्यहरु गर्ने यो संघले काम गर्छ ।

तपाई नगरपालिकाहरुको संघको संयोजक हुँदै गर्दा इलामलाई के फाइदा ?

फाइदा हामी सवै मिलेर लिनु पर्छ ।

जनप्रतिनिधि निर्वाचित भए पछिको लगभग आधा कार्यकाल समाप्त भइसकेको छ, इलाम नगरपलिकामा उपलब्धि के रह्यो ?

हामीले धेरै कुराहरुको अपेक्षा गरेका छौँ । यो विचको अवधिमा २०५९ सालदेखि यता आएर निर्वाचन भएको थिएन र जनप्रतिनिधिहरु नभएको अवस्थामा देशको स्थिति नाजुक बनेको थियो । त्यो कारणले गर्दा जनताका अपेक्षाहरु धेरै छन् । हामीले परिवर्तन प्राप्त ग¥यौं, संविधान प्राप्त भयो, संघीयता आयो । यसले गर्दा हाम्रा इच्छा आकांक्षाहरु चुलिएका छन् ।

तर चुलिएको आकांक्षाहरुलार्ई पूर्णरुपले अहिले संवोधन गर्न सकिएको छैन । हाम्रो अवश्यकता र चहानाको विचमा रहेको स्रोत र साधनलाई सन्तुलित रुपमा हामीले सम्पूर्ण चहानाहरुलाई पूरा गर्ने अवस्था छैन तर पनि हामी सकेसम्म त्यसलाई उचित उपयोग गर्ने, सदुपयोग गर्ने, दुरुपयोग हुन नदिने गरेर हामीले प्रतिवद्धता गरेका कुरहरुमा हामीहरु अगाडि वढीराखेकै छौँ ।

अधिकारसहितको स्थानीय तह संचालन पुरानो व्यवस्था भन्दा फरक छैन भन्ने गुनासो छ नि ?

त्यो वुझाईमा फरक हो हामीले वुझाउन नसेको भन्नु पर्छ । फरक यस अर्थमा कि उहाँहरुले मात्र विकासका कुराहरु गर्ने ठाउँ मात्र देख्नु भयो । अहिले यो संघीय व्यवस्थामा गई सकेपछि तीन तहको सरकार बनेको छ । यो तीन तहको सरकारले आ–आफ्नो संवैधानिक दायरामा वसेर काम गर्छ, त्यसले पहिला हामीले काम गर्नु भन्दा पहिले कानुन बनाउनु पर्छ कानुन बनाईसके पछि मात्र काम गर्न सकिन्छ भन्ने कुराहरु वुझ्नु भएको छैन ।

र अर्को कुरा के हो भने हिजो स्थानीय तहले कानुन बनाउनु पर्दैन थियो निर्णय गथ्र्यो एउटा ऐन केन्द्रीय सरकारले बनाईदिएको ऐनको अधारमा चल्थ्यो र सिंगै दायरा भित्र त्यो चल्थ्यो । अहिले हामीलाई संविधानले २२ वटा एकल अधिकारहरु र १५ वटा साझा अधिकारहरु दिइएको छ । त्यसको आधारमा हामीले सयौँ ऐनहरु बनाउनु पर्छ । नियमहरु बनाउनु पर्छ नियमावलीहरु बनाउनु पर्छ अनि मात्र हामी काम गर्न सक्छौँ ।


तपाईले अधिकारको कुरा उठाउनु भयो कतिपय नगरप्रमुखहरुलाई अहिले अख्तियारी दुरुपयोग गरेको आरोप लागेको छ, तपाईलाई कस्तो लाग्छ ?


कति साथीहरुले त्यसलाई नवुझेर केही गल्ती गर्नु भएको छ भने त्यो समस्याको विषय हो । त्यसलार्ई हामीले अनुभवको कमीको आधारमा, स्रोत साधानको कमीको आधारमा कमीकम्जोरी भएको हो भने सुधार गरेर लानुपर्छ । तर नियत वस गरिएका कामहरु गलत हुन, बेठीक हुन त्यस्ता कामलाई निरुत्साहित मात्र हैन दण्डित पनि गर्नु पर्छ । मेरो विचारमा दुरुपयोग गर्ने खाल्का ठाउँहरु छैनन् हामी सवै कानुनी राज्यको अवधारणलाई स्वीकार गर्छौ कानुनको शासन विधिको शासनमा विश्वास गर्छौ । त्यसैले हामीलाई दिएका संवैधानिक कानुनी दायरा भित्र हामी सवै वस्दा खेरी त्यसमा कुनै दुरुपयोग हुने सम्भावना छैन ।

जनताको माग सडक, खानेपानी, स्वास्थ्य, शिक्षा छन् तर मुख्य सडकमै लगानी देखिन्छ । अस्तव्यस्त सडक निर्माणले विपत्ति निम्त्याएका छन् । सडकका सामाधानमा अझै पनि हुन सकेका छैनन् समाधानका कस्ता उपायहरू अपनाइदै छ ?

हामीले अधारभूत आवश्यकता परिपूर्ति गर्ने कुराहरुमा नै हाम्रो दायित्व हो । अधारभूत आवश्यकताहरु मध्ये हाम्रा सडकहरु, खनेपानीहरु, प्राथामिकदेखि लिएर माध्यमिक सम्मका शिक्षाहरु, आधारभूत स्वास्थ्य हो यी कुराहरुलाई हामीले जनताका विचमा पु(याउने प्रयत्न गरेका छौँ । जवसम्म सडकका कुराहरु छ हाम्रो नगरपालिकाको भौगोलिक स्थिति र भौतिक स्थितिलाई हेर्ने हो भने हाम्रा ब्राहैमास गाडी चल्न सक्ने वडाहरु अझैपनि कम्ती छन् । हाम्रा दुई वटा वडा त वर्खाका वेला हामीसँग सम्पर्क गर्न नसक्ने अवस्थाका दुर्गम वडाहरु पनि छन् ।

ती वडाहरुलाई जोड्ने प्रयत्न गरी रहेका छौँ । ती वडाहरुका विचमा रहेका खोलाहरुमा पुलको व्यवस्थापन भईरहको छ । अव केही वर्ष पछि पुलहरु निर्माण भई सकेपछि र त्यसमा भएका अन्य सडकहरु निर्माण भई सकेपछि हामी ब्राहै महिना जोडिने अवस्थामा पुग्छौँ । इलाम नगरपालिककामा अहिले पनि सडककै सवै भन्दा माग वढी छ आधारभूत रुपमा हामीले जनताका आवश्यकतालाई हेर्दाखेरी सडकलाई नै हामीले पहिलो प्राथामिकतामा राखेका छौँ ।

वडाहरुबाट पनि धेरै जसो विकासका योजनाहरुमा सडककै माग भएर आएको छ । हामीले सडकलाई व्यवस्थित पार्नको लागि एउटा नेटवर्क तयारी गरेका छौँ । हाम्रो इलाम नगरपालिका भित्र कालोपत्रे सडक वाहेकका जम्मा ७१९ किलोमिटर सडक रहेको छ । हामीले ती सडकहरुलाई नै स्तरोन्नति गर्नु पर्ने आवश्यकता हो । जनसंख्या र सडकको सन्तुलनको रुपमा हेर्ने हो भने यी सडकहरुनै हाम्रो लागि पर्याप्त भई सके ।

हामीले अहिले यसरी हेर्न हो भने हामीसँग भएको कच्ची सडकलाई कालोपत्रे गर्ने हो भने साढे तेईस अर्व रकमको आवश्यकता पर्छ । त्यसैले पनि यसको व्यवस्थापन अहिले नगरपालिकाले गर्न सक्दैन त्यसकारण हाम्रो महसुस र ठम्याई के हो भने अव सडकको सन्दर्भमा नयाँ ट्रयाक खोल्ने कामलाई दुरुत्साहित गर्छौँ, खोल्न दिंदैनौँ । अत्यावश्यक परेमा मात्र नयाँ बाटो खन्न दिने हाम्रो नीतिरहेको छ । अव नगरपालिकाको स्वीकृति विना कुनै पनि नयाँ बाटो खन्न पाउने स्थिति छैन ।

त्यसो हो भने अव इलाम नगरपालिका भित्र भएको एक घर एक बाटो जस्तो अवस्था आएको छ त्यसलाई नियन्त्रण हुन्छ त ?

हामीले वातावरणिय संरक्षणमा पनि धेरै विचार गरेका छौँ । उदाहरणको लागि हामीले पानीका मुहानहरु नष्ट गर्ने पहिरो जाने, वनजंगल विनास हुने गरि हामी अव बाटो खन्न दिने छैनौँ । त्यसको संरक्षणको लागि हामी काम गर्ने छौँ । सडक चौडाको कुरामा हामीले सडकको वर्गीकरण गरेका छौँ ‘क’ देखि ‘घ’ वर्ग सम्म चार वर्गमा वर्गीकरण गरेका छौँ । हामीले जन घनत्वको आधारमा न्युनतम ४ मिटरको सडक र अधिक्तम ११ मिटरको सडक बनाएका छौँ । नियम अनुसार ४ मिटरको सडकमा डेढ मिटर सडकको दुवै तर्फ सडकको भाग छुट्एका छौँ भने ११ मिटरको सडकमा ३÷३ मिटर सेटव्याक राखेका छौँ ।

नगरपालिका भित्र रहेको निर्माणाधीन विमानस्थल र निर्माण भई सकेको नयाँ बसपार्कलाई कुन रुपमा हेरी रहेको छ । वसपार्कको काम कम गुणस्तरको भएको भन्न गुनासो छ नि ?

यो दुवै योजनाहरु संघीय सरकारको योजनाहरु हुन । यसमा वातावरणीय संरक्षणको कुराहरु मात्र हाम्रो भागमा परेको छ । वसपार्क कम गुणस्तरीय भएका कुराहरु हामीले पनि सुनेका छौँ तर सम्बन्धित कार्यलयले नगरपालिकासँग समन्वय गरेर काम अघि वढाई रहेको स्थिति छैन । जुन गुणस्तरीय भएन भन्ने कुरामा चाही हामी पनि सजग छौँ र यस्तो गुस्तरहिन काम हामीलाई पनि स्वीकार्य छैन र गुणस्तरीय बनाउनु पर्छ भन्नेमा चाही हाम्रो पनि सरोकार रहेको छ । फाल्गुनन्द विमानस्थल पनि नागरिक उडायन अन्र्तगत नै निर्माण भई रहेको छ त्यसको काम उहाँहरु आफैले गरिराख्नु भएको छ । त्यसमा पनि वातावरणीय हिसावले समस्या आएमा छिटोछरीतो कसरी सामाधान गर्न सकिन्छ भूमिका निर्वाह गर्ने र खोजी गर्ने काममा मात्र हामी समिति रहेको जानकारी गराउछु ।

इलाम बजार क्षेत्रमा रहेको पार्किङको समस्या सामाधान गर्नको लागि अहिले नगरपालिकाले कस्ता योजना बनाई रहेको छ ?

शहरको रुपमा विकसित हुँदै गरेका शहरहरुमा दुई वटा समस्या हुँदा रहेछन् । एउटा फोहोर मैला व्यवस्थापनको समस्या र अर्को पार्किङको समस्या अहिले इलामले पनि पार्किङको समस्या भोगेको छ । यसलाई व्यवस्थित गर्ने क्रममा हामी लागि रहेका छौँ । अहिले हामीले सीटी मार्ट बनिरहेको ठाउँमा मोटरसाईकलको लागि पार्किङस्थल बनाई रहेका छौँ । यो दुई तीन महिना भित्रमा सञ्चालनमा आउने अवस्थामा रहेको छ ।

साना गाडीको लागि अहिलेको वस पार्कमा पार्किङ गर्ने गरि प्रदेश सरकारको योजनामा काम चाँडै शुरु हुने छ । तरपनि यतिले मात्र पुग्ने अवस्था भने हामीले देखेका छैनौँ । हामी वजार बाहिर पनि पार्कङको व्यवस्था गर्न लागेका छौँ तर इलाममा सार्वजनिक जमिनको अभाव हुनु र अन्य जमिन खरिदको लागि इलाममा जमिनको मुल्य अत्याधिक वढी भएकाले पनि नगरपालिकालाई समस्या परेको हो ।

कृषि र पर्यटनको प्रशस्त संभावना छ त्यसलाई कार्यान्वयनको लागि के कस्ता योजना छन ?

कृषिमा हामीले वडा स्तरबाटनै कार्यक्रमहरु ल्याएका छौँ । प्रत्येक वडामा अहिले कृषिको लागि हामीले पाँचलाख छुट्याएका छौँ । त्यस्तै इलाम नगरपालिकाले पनि कार्यक्रम ल्याएको छ संघीय सरकारले स–सर्त ल्याएका कार्यक्रमहरु पनि हामी गरिरहेका छौँ । कृषकहरुलाई विरुवा वितरण गर्ने, उपकरण हस्तान्तरण गर्ने, तालिमहरु दिने, प्रविधि हस्तान्तरण गर्ने जस्ता कार्यक्रमहरु गरिरहेका छौँ । हामीले पशुपालनमा पनि काम गरिरहेका छौँ वोयर जातका वाख्रा र वोका वितरण पनि गरिरहेका छौँ । गत वर्ष हामीले ६० वटा उन्नत जातका गाई अनुदानमा वितरण गरेका थियौँ अहिले त्यसलाई वढाएर १०० वटा गाई वितरण गर्ने छौँ । नगरपालिकाबाट उत्पादन भएको अर्गानिक मलमा अनुदानको व्यवस्था मिलाएका छौँ साथै लक्षित वर्गलाई पनि कार्यक्रम ल्याएका छौँ । हामीले अहिले भएको निर्वाहमुखी कृषिलाई व्यवसायिक बनाएर औद्योगिक बनाउने प्रयत्नमा छौँ ।

पर्यटनमा चाही कस्ता योजनाहरु छन् नी ?

पर्यटनमा हामीले दुई तरिकाले विकास गर्ने योजना बनाएका छौँ एउटा त पूर्वाधारहरुको विकास र अर्को बजारीकरण गर्नमा लागेका छौँ । पर्यटनलाई व्यवस्थित गर्न इलाम नगरपालिकाले कानुन बनएर पर्यटन प्रवर्धन समिति गठन गरेर अघिवढेको छ ।

तपाईंको कार्यकालपछि नगरपालिकाको चाहिँ मुहार कस्तो हुनेछ ?

हामीले नगरपालिकालाई एउटा सवल र संमृद्ध नगरको रुपमा अर्को पुस्तालई हस्तान्तरण गर्न लागि परेका छौँ । त्यसैले नगरपालिकाको भौतिक विकास गर्नुको साथ साथै इलामलाई पर्यटकीय शहरको रुपमा, सभ्य शहरको रुपमा, सुसंस्कृत शहरको रुपमा, एउटा विकसित शहरको रुपमा अर्को पुस्तालाई हस्तान्तरण गर्न लागि परेका छौँ । इलामलाई एउटा कला संगितको विकास भएको शहरको रुपमा सवै जातजातिले आफ्नो नगरपालिका हो भन्ने नगरको रुपमा साथै लक्षित समुहले पनि अफ्नो नगर हो नगरपालिका हाम्रो अभिभावक हो । हाम्रो सरकार हो भन्ने बनाएर अर्को पुस्तालई हस्तान्तरण गर्ने लक्ष्य रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com