सांसद मरेपछि मात्रै सरकार डेंगुको विषयमा बोल्ने हो : सांसद श्रेष्ठ



प्रकाशित मिति : Sep 12, 2019

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सांसद कृष्णगोपाल श्रेष्ठले डेंगुको प्रकोप देशभर फैलिदा पनि सरकार र सम्बन्धित मन्त्री नबोलेकोमा आपत्ति जनाउनु भएको छ । उहाँले डेंगुको विषयमा सरोकार वाला निकायको ध्यानाकर्षण नभएको भन्दै सांसद मरेपछि मात्रै सरकार डेंगुको विषयमा बोल्ने हो ? भन्ने प्रश्न समेत राख्नुभयो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद श्रेष्ठले काठमाडौंलगायत मुलुकका विभिन्न क्षेत्रमा डेंगुले महामारीको रूप लिइरहेको अवस्थामा नेपाल सरकारका मन्त्री नबोल्नु लज्जास्पद भएको भन्दै आपत्ति व्यकत गर्नुभयो ।

डेंगुको सवालमा यो नेपाल सरकार बोल्दैन, अमेरिकी सरकार बोल्नु लज्जास्पद भएन र ? उहाँले भन्नुभयो । मन्त्री तथा आँखाका डाक्टर सन्द्रुक रोइत समेत डेंगुको संक्रमणमा परे ।

कति मानिसको त ज्यान नै गयो, सरकार भने चुपचाप छ उहाँले भन्नुभयाे। मरेपछि सरकार बोल्ने हो र मरेकाको कस्तो व्यवस्था गर्ने हो र कति सांसद बिरामी भएपछि सरकार बोल्ने हो ? श्रेष्ठले सरकारले तत्काल जवाफ नदिए आफू विरोधमा उत्रिने धारणा समेत राख्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com