अख्तियारद्वारा घुसको रकम सहित जिल्ला अदालत सिरहामा कार्यरत कर्मचारी रंगेहात पक्राउ



प्रकाशित मिति : Sep 12, 2019
  • घनश्याम मिश्र/दिलिप सहनी

काठमाडौं । जिल्ला अदालत सिरहामा कार्यरत एक कर्मचारीलाइ अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले घुसको रकम सहित रंगेहात पक्राउ गरेको छ ।

सवारी चालकको पदमा कार्यरत भनिएको वृज मोहन यादवलाई आयोगको बर्दिवास कार्यालयबाट खटेको गस्ती टोलीले एक लाख दस हजार नगद सहित पक्राउ गरेको स्थानीय स्रोतले जनाएको छ ।

अख्तियारले कानुनी प्रकृया पूरा नहुन्जेल पक्राउ परेकाबारे बिस्तृत जानकारी दिन नमिल्ने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com