राष्ट्रपतिबाट प्रमाणिकरण नगरी फिर्ता पठाइएको राहदानी विधेयक संसदमा पुनः पेश गरिदैं



प्रकाशित मिति : Sep 12, 2019

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाइदिनुभएको राहदानी विधेयक संसदमा पुनः पेश गरिँदै छ ।

राष्ट्रपतिबाट फिर्ता भएको झण्डै एक वर्षपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबारको प्रतिनिधिसभा बैठकमा पेश गर्न लाग्नुभएको हो । परराष्ट्रमन्त्री ज्ञवालीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

राहदानी विधेयक प्रतिनिधिसभाले गत वर्ष १० असोजमा पारित गरेको थियो भने भोलिपल्टै राष्ट्रिय सभामा टेबल गरिएको थियो । तर, राष्ट्रिय सभाको प्रक्रियामै रहेको विधेयक दुई महिनाभित्र फिर्ता नआएको भन्दै सभामुख कृष्णबहादुर महराले वैशाख २५ गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउनुभएको थियो ।

राष्ट्रिय सभाको भूमिकालाई बेवास्ता गर्दै प्रतिनिधिसभा एक्लैले पारित गरी प्रमाणीकरणका लागि पठाएपछि उक्त विधेयक विवादित बनेको थियो । त्यसैले राष्ट्रपति भण्डारीले गत जेठ २६ गते विधेयकलाई पुनर्विचारका लागि संसदमा फिर्ता पठाइदिनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com