सुनको मूल्य दुई सयले घट्यो



प्रकाशित मिति : Sep 12, 2019

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ दुई सयले घटेको छ । बुधबार स्थिर रहेको सुनको भाउ बिहीबार दुई सयले घटेर ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा सात सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउमा भने सामान्य वृद्धि भएको छ ।

आज चाँदी तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । एक महिनादेखि बजारमा सुनको भाउ घट्ने र बढ्ने क्रम जारी छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com