क्यारेबियन प्रिमियर लिगमा सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट्सकाे जित



प्रकाशित मिति : Sep 12, 2019

काठमाडों । वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग सिपिएलमा सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट्सले जित निकालेको छ ।

बार्बाडोसले सेन्ट किट्स एन्ड नेवि प्याट्रियट माथि १८ रनको रोमाञ्चक जित निकालेको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने प्लेयर अफ दी म्याच बनेका छन् । सन्दिपले ४ ओभर बलिङ गर्दै २२ रन दिएर ३ विकेट लिएका थिए ।

लामिछानेले नेवि प्याट्रियटका कप्तान कार्लोस ब्रेथवेट, सम्राह ब्रुक्स र लाउरी इभान्सको विकेट लिएका थिए । टस हारेर ब्याटिङको निम्तो पाएको सन्दीपको टिम बार्बाडोसले २० ओभरमा दुई विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।

१८७ रनको लक्ष्य पछ्याएको सन्दीपको अघिल्लो सिजनको टिम सेन्ट किट्स एन्ड नेवि प्याट्रियट निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६८ रन बनाउँदै समेटिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com