निर्वाचन आयोगमा नेकपाकाे दल दर्ताका लागि निवेदन



प्रकाशित मिति : Sep 12, 2019

काठमाडाै‌ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ ।

आगामी मंसिर १४ का लागि तय गरिएको उपनिर्वाचनका लागि नेकपाले आज आयोगमा दल दर्ताको निवेदन दिएको हो । परराष्ट्रमन्त्री समेत रहेका नेकपा नेता प्रदीप ज्ञवालीले दल दर्ताका लागि भर्खरै निर्वाचन आयोगमा प्रस्तुत गरिएको जानकारी दिनुभयो ।

दल दर्ताका लागि नेकपा नेता खिमलाल देवकोटालगायत नेता बिहीबार बिहान आयोग पुगेका थिए । दर्ता निवेदनउपर अब आयोगले आवश्यक कारबाही गरेर दल दर्ता गर्नेछ । नेकपा गत २०७४ मा सम्पन्न निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर एकीकृत भएको थियो ।

निर्वाचनपछि दर्ता भएका पार्टी आयोगमा दर्ता गर्नुपर्ने प्रावधानअनुरूप उपनिर्वाचनका लागि नेकपाले दल दर्ताको निवेदन दिएको हो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com