मेयर र उपमेयरबीचको विवादले सेवाग्राहीलाई सास्ती, स्थानीयद्वारा तालाबन्दीकाे प्रयास



प्रकाशित मिति : Sep 12, 2019
  • तारा आचार्य

विराटगर, २५ भाद्र । मोरङको उर्लाबारी नगरपालिकामा स्थानीयहरुले कर्मचारीहरुलाई नगरपालिका बाहिर निकालेर ताला लगाउने प्रयास गरेका थिए ।

बुधबार उर्लाबारी नगरपालिकामा स्थानीयहरुले विरोध गर्दै कर्मचारीलाई काम गर्न नदिएका हुन् । साउन २८ गतेदेखि सो नगरपालिकामा आर्थिक कारोवारको कुनै पनि काम भएको छैन ।

मेयर र उपमेयर विचको विवादका कारण सेवाग्राहीले दुःख पाएको भन्दै स्थानीयहरुले नगरपालिकामा ताला लगाउने भन्दै विरोध गर्दै आएका छन् । मेयर खड्ग फागोले एकलौटी रुपमा बजेट विनियोजित गरेको भन्दै उपमेयर लक्ष्मीदेवी भण्डारीसहित उर्लावारी नगरपालिकाका १३ जना जनप्रतिनिधीहरुले उच्चअदालत विराटनगरमा मुद्दा दायर गरेपछि उच्च अदालतको आदेश अनुसार आर्थिक कारोबार ठप्प भएको हो ।

यता मेयर खड्ग फागोले भने सम्मानित उच्च अदालतको आदेशको पालना गर्दै काम गर्न नसक्दा स्थानीयहरुलाई पर्न गएको समस्याप्रति दुःख ब्यक्त गर्नु भएको छ । मेयर फागोले नगरपालिकाभित्रको समस्या भित्र मिलाउँदा हुनेमा जनप्रतिनिधहरुले उच्च अदालतमा मुद्दा हालेका कारण सेवाग्राहीलाई सेवा दिन नसकेको स्वीकार्नु भएको छ ।

नागरिकता सिफारिस, सम्पत्ति मुल्यांकन, जग्गाको चारकिल्ला साथै तिरो तिर्ने उकास्ने सवै काम बन्द भए पछि स्थानियहरु आक्रोसित बनेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com