डेंगुको जोखिम बढेपछि अमेरिकाले जारी गर्याे ‘ट्राभल नोटिस’



प्रकाशित मिति : Sep 12, 2019

काठमाडौं । डेंगु रोगको संक्रमण बढेपछि अमेरिकाले आफ्ना नागरिकहरुलाई संंक्रमण फैलिएको मुलुमा भ्रमण गर्दा सतर्क रहन सूचित गराएको छ । अमेरिकाले आफ्ना नागरिकलाई एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आग्रह गरेको छ ।

हाल नेपाल लगायत एशियाली मुलुकहरुमा यसको खतरा बढेसँगै अमेरिकाले सकेसम्म ती मुलुकहरुमा भ्रमण नगर्नु र गर्नै परे पनि लामखुट्टेबाट जोगिन आवश्यक सामग्रीहरु प्रयोग गर्न सचेत गराएको छ ।

नोटिसमा उल्लेखित मुलुकका विशेषगरी ग्रामिण भेगमा लामखखुट्टेजन्य रोगहरु जस्तै मलेरिया,डेङ्गु र चिकुनगुनियाको महामारी फैलिएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com