प्रधानमन्त्री ओलीद्वारा नेकपा बैठकमा ‘चिनियाँ राष्ट्रपतिको सम्भावित नेपाल भ्रमणबारे ब्रिफिङ’



प्रकाशित मिति : Sep 12, 2019

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङकाे नेपाल भ्रमण चाँडै हुने जानकारी दिनुभएकाे छ ।

बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भर्खरै सम्पन्न चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वतयारीका शुरक्षास्थितीको ब्यवस्थाबारे बुझ्न भएको जनाउनुभयो ।

वहाँले भन्न्ुभयो ‘चिनियाँ विदेशमन्त्रीको भ्रमण नै राष्ट्रपति सीको भ्रमणको तयारीका लागि भएको हो, राष्ट्रपति सी चाँडै नेपाल आउने अपेक्षा गरेका छौं’। विदेशमन्त्री वाङ तीन दिने नेपाल भ्रमण सकेर म‌‌गलवारमात्र स्वदेश फर्कनुभएकाे हाे ।

नेकपा सचिवालयको बुधबार बसेको बैठकमा पार्टी अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीको हालैको भ्रमण त्यसकै पूर्व तयारीका रुपमा रहेको संकेत नेताहरुलाई दिनुभएकाे हाे ।

नेपाल भ्रमणको क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता शेरबहादुर देउवासँग छुट्टाछुट्ट भेटवार्ता गर्नुभएकाे थियाे ।

चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणबारे ‘सकारात्मक संकेत’ दिनुहुँदै यस मामिलामा दुवै देशका कूटनीतिक नियोगहरू निरन्तर सम्पर्कमा रहने बताउनुभएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com