डोरियन आँधीकाे उपद्रव : ज्यान गुमाउनेकाे संख्या ५० पुग्याे, २५ सय बेपत्ता



प्रकाशित मिति : Sep 12, 2019

एजेन्सी । शक्तिशाली डोरियन समुद्री आँधीका कारण जनधनको ठूलो क्षति भएको बहमासको आपतकालीन सेवाले २५ सय जनालाई बेपत्ता रहेको जनाएको छ ।

आँधीमा बेपत्ता भएका र हालसम्म नभेटिएकालाई बेपत्ताको सूचीमा राखिएको बहमासको आपतकालीन सेवाले जनाएको छ ।

गएको हप्ता डोरियन आँधी बहमासमा नोक्सानी गरेर अघि बढेको थियो । हालसम्म आँधीका कारण ज्यान गुमाउनेको संख्या ५० पुगेको जनाइएको छ । तर वास्तवमा निधन हुनेको संख्या त्यो भन्दा अधिक हुन सक्ने सरकारी अधिकारीले नै बताएका छन् ।

बेपत्ताको सूचिमा राखिएका व्यक्तिबारे पुनः अनुगमन हुने जनाइएको छ । क्रस चेक गरेपछि बेपत्ताको सूचिमा कमी आउने अपेक्षा गरिएको छ ।

आँधीका कारण प्रभावित भएका दशौँ हजार मानिसलाई अझै अत्यावश्यक सामग्रीको सहयोगको खाँचो रहेको छ ।

शक्तिशाली हावासहित ठोक्किएको डोरियन आँधीका कारण एबाको आइल्याण्ड र ग्राण्ड बहमासमा ठूलो क्षति भएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com