नेपाल सेल्फ डिफेन्सका केन्द्रिय अध्यक्ष रानापाल ‘औद्योगिक शान्ति नेपाल समाजसेवी’अवार्डबाट सम्मानित



प्रकाशित मिति : Sep 11, 2019

काठमाडौं । नेपाल सेल्फ डिफेन्सका केन्द्रिय अध्यक्ष एवं समाजसेवी अध्यक्ष डिबी रानापाल सम्मानित भएका छन् । बुधबार राजधानी औद्योगिक शान्ति नेपाल म्युजिक अवार्डको कार्यक्रम नेपाल सेल्फ डिफेन्सका केन्द्रिय अध्यक्ष एवं जिल्ला खेलकुद परिषद्का अध्यक्ष डिबि रानापाललाई खेलकुदका माध्यमबाट, समाजसेवीका माध्यमबाट र घरसित मुटु नामक संस्थाबाट समाजका मान्छेहरुलाई मानवताको नाताले पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उहाँलाई ‘औद्योगिक शान्ति नेपाल समाजसेवी’ अवार्डबाट सम्मानित गरिएको हो ।

सम्मानित समाजसेवी रानापाल विगत लामो समयदेखि समाजमा भएका विकृतिका विरुद्ध र मानव सेवाका निम्ति निरन्तर लड्दै समाजलाई गुन लगाउदै आएका थिए । औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड कार्यक्रमले प्रत्येक बर्ष समाजलाई निस्वार्थ भावले गुन लगाउने समाजसेवीहरुलाई प्रत्येक बर्ष सम्मान गर्दै आएको औद्योगिक शान्ति नेपाल म्युजिक अवार्डका कार्यक्रमका अध्यक्ष सन्दीप महतले कार्यक्रममा बताउनुभयो ।

‘औद्योगिक शान्ति नेपाल समाजसेवी’ को अवार्डबाट सम्मानित भएका समाजसेवी डिबि रानापाले कार्यक्रम बोल्दै मैले आफ्नो समाजलाई आफ्नो हैसियतले भ्याएसम्मको सेवाको कार्यलाई मुल्यांकन गर्दै सम्मानित गर्नु भएकोमा औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड कार्यक्रमको आयोजक प्रती हार्दिक आभार व्यक्त गर्नु भएको थियोे ।

यो सम्मानले मलाई अझै समाजलाई सेवा गर्ने महत्त्वपूर्ण भुमिका प्रदान गरेको छ, अबका दिनहरुमा मेरो बुद्धि विवेकले भ्याएसम्म समाज र समाजका दिन दुखीहरुको सेवा गर्ने प्रतिबद्ध व्यक्त गर्नु भएको थियोे ।

समाजसेवी रानापाललाई पुर्व प्रधानमन्त्री एवं नेकपाका बरिस्ठ नेता माधव कुमार नेपाल र औद्योगिक शान्ति नेपाल म्युजिक अवार्डका अध्यक्ष सन्दीप महत र सोही संस्थाका निर्देशक सुर्य चन्दले सयुक्तरूपमा सम्मानित गर्नु भएको थिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com