बगेर बेपत्ता भएकी बालिका चमेलिया नदीमा मृत फेला



प्रकाशित मिति : Sep 11, 2019

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा रहेको गन्नीगाड खोलामा बगेर बेपत्ता भएकी एक बालिका आज चमेलिया नदीमा मृत फेला परेकी छन् ।

मृत फेला पर्नेमा डिलाशैनी गाउँपालिका–२ अमरखेतकी १० वर्षीया सोबी घरेडी रहेकी सीमार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक वीरसिंह चैसिरले जानकारी दिनुभयो ।

मङ्गलबार दिउँसो गन्नीगाड खोलामा पौडी खेल्न गएकी सोबीलाई खोलाले बगाएको थियो । गन्नीगाड खोलाले बगाएर बेपत्ता बालिकाको खोजी गर्दै जाँदा आज साँझ डिलाशैनी गाउँपालिका छेपट्टा नजिक चमेलिया नदी किनारमा मृत फेला परेकी हुन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com