बाढीका कारण नाइजरमा ५७ को ज्यान गयो



प्रकाशित मिति : Sep 11, 2019

नाइजर । नाइजरमा देशभरी आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार बाढीले अरू एक लाख ३० हजार जना घाइते भएका छन् । यो तथ्याङ्क जुन महिनादेखिको रहेको उनीहरूको भनाइ छ ।

नाइजरमा पछिल्लो समय मौसम धेरै खराब भएको छ । राजधानी र दुर्गम क्षेत्रमा वर्षाले असर पारेको छ ।नाइजरको सरकारले मङ्गलबार वक्तव्य जारी गरेर बाढीका कारण भएको क्षतिको विवरण सार्वजनिक गरेको हो ।

बक्तव्यमा बाढीका कारण १२ हजार घरमा क्षति पुगेको उल्लेख गरिएको छ । त्यसैगरी दुई हजार हेक्टर क्षेत्रफलमा लगाइएको कृषि उत्पादन नष्ट भएको छ ।

दक्षिण पश्चिमी मराडी र दक्षिण मध्यजिन्दार क्षेत्रमा सबैभन्दा धेरै बाढीको प्रभाव परेको अधिकारीहरूले जनाएका छन् ।

बाढी पहिरोका कारण नाइजरमा गत वर्ष ५६ जनाको मृत्यु भएको थियो भने दुई लाख जना प्रभावित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com