अत्याधिक रक्सी सेवन गरी प्रेमिकाको हत्या



प्रकाशित मिति : Sep 11, 2019

काठमाडौं । एक पुरुषले २ वर्षदेखिसँगै बस्दै आएकी महिलाको हत्या गरेका छन् । गत शुक्रबार राति अत्यधिक मदिरा सेवन गरेर दुवै जनाबीच झगडा भएको र सोही क्रममा झापाको गौरादह नगरपालिका-६ दामुना बजार घर भएका ४५ वर्षीय पुण्य चुँडाल( मोरङमा बस्दै अाएका)ले कुट्दा ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत महिलाको परिचय भने खुलेको छैन् । उनीहरु विगत २ वर्षदेखि सँगै बस्दै आएको स्थानीयले जनाएका छन् । गतहप्ताको शनिबार बिहान रतुवामाई नगरपालिका-६ का हरिबहादुर खड्काको खाली रहेको घरमा शरिरमा चोटपटक लागेको अवस्थामा अचेत रुपमा ती महिला फेला परेकी थिइन् । प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएकी उनको आइतबार राति मृत्यु भएको थियो ।

ती महिलालाई कुटेर उनको मृत्युपछि फरार रहेका पुण्य चुँडाललाई इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरी निरीक्षक मोहन रायमाझीको नेत्रृत्वमा खटिएको टोलीले मोरङको उर्लाबारीस्थित दुर्गापुरीबाट उनलाई हिजो राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धानपछि कारवाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com