सत्यकाे पक्षमा फैसला भएकाे भन्दै नेपाल रेडक्रस सोसाइटीद्वारा खुशी व्यक्त



प्रकाशित मिति : Sep 11, 2019

काठमाडौं ।नेपाल रेडक्रस सोसाइटी परिवारले अदालतले आफ्नो पक्षमा फैसला सुनाएकोप्रति खुसी व्यक्त गरेको छ । गत वर्षदेखि नेपाल रेडक्रस सोसाइटीको साधारण सभा, महाधिवेशनमार्फत् कार्यक्रम बजेट पारित गर्ने वैधानिक प्रकृया एवं निर्वाचन लगायत संस्थागत सेवा गतिविधिहरुमा भइरहेको अवरोध हटाउन दिइएको रिट निवेदनमा सर्वोच्च अदालतले संस्थाको पक्षमा हिजो भाद्र २४ गते गरेको फैसला प्रति रेडक्रस परिवारले खुशी व्यक्त गरेको हो ।

रेडक्रस सोसाइटीले यसबाट अदालतले सत्य एवं न्यायको जीत हुन्छ भन्ने विश्वासलाई थप पुष्टि पारेको जनाएको छ । त्यसका साथै रेडक्रस सोसाइटीले रेडक्रसका सदस्य, स्वयंसेवक र कर्मचारीहरू तथा सम्पूर्ण रेडक्रसप्रेमीसंग अदालतले गरेको फैसलाप्रति खुसी व्यक्त गरेको छ।

संस्थागत अन्यौलता हटाई आएको यो फैसलाले विपद् पूर्वतयारी, उद्दार र सहयोग, स्वास्थ्य प्रवर्धन, मानवीय सम्मान अभिबृद्धि, एम्बुलेन्स सेवा, प्राथमिक उपचार, रक्तसञ्चार सेवा, जस्ता कार्यहरु गर्न थप क्रियाशिल भई सेवाकार्यमा लाग्न अझ अभिप्रेरित गरेको सोसाइटीले जनाएको छ । विगत ५६ वर्षदेखिका संस्थाका सेवा गतिविधिहरु सञ्चालन गर्न सहयोगी र सम्पूर्ण सुभेच्छुकहरुमा समेत सोसाइटीले कृतज्ञता व्यक्त गरेको छ ।

संस्थाको साख र गरिमा वढाउदै मानवीय सेवामा अझ तल्लीन हुनुपर्ने आजको टड्कारो अवस्थामा संस्थाका सवै सदस्य, स्वयंसेवक र सुभेच्छुकहरु अझ एक भइ अघि वढ्नका लागि समेत रेडक्रस सोसाइटीले आव्हान गरेको छ। मानवीय कार्यक्षेत्रमा सरकारको सहयोगी भूमिका निर्वाह गर्न थप प्रतिवद्धता व्यक्त गर्दै आम जनता, सरकार, दाता, साझेदारलगायत सवै रेडक्रसकर्मी र सञ्चारकर्मीहरुबाट सदा झैँ सहयोगको अपेक्षा राखेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com