मोटरसाइकललाई बचाउँदा माइक्रो बस पल्टियो



प्रकाशित मिति : Sep 11, 2019

तिलोत्तमा । शिवपुरबाट बुटवल जाँदै गरेको लु १ ख ३५८१ माइक्रो बस दुर्घटनामा परेको छ । विपरित दिशाबाट आएको मोटरसाइकललाई बचाउने क्रममा आकस्मिक ब्रेक लगाउँदा माइक्रो बस दुर्घटनाग्रस्त भएको हो । तिलोत्तमा नगरपालिकाको शंकरनगर चोकमा माइक्रो बस उत्तानो परेको छ ।

माइक्रो बसमा के–कति यात्रु सवार थिए भन्ने विषयमा पूरा विवरण आएको छैन । धेरै यात्रुहरु घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ। उपचारका लागि घाइतेलाई क्रिमसन अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल लगिएको बुटवल ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख भीम लाल भट्टराईले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com