बेलायत सरकारले बाहिरी देशका विद्यार्थीलाई पढाईपछि वर्किङ भिसा दिने



प्रकाशित मिति : Sep 11, 2019

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरेको नयाँ नियमअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीले पढाईपछि वर्किङ भिषा पाउने भएका छन् ।

लागू भएको नयाँ नियमअनुसार बेलायती विश्वविद्यालयबाट ग्रयाजुएट भएपछि विद्यार्थीले पोस्ट स्टडी वर्क भिसा अन्तर्गत दुई वर्षसम्म काम गर्ने भिसा पाउनेछन् । यसअघि तत्कालिन बेलायती प्रधानमन्त्री टेरेजा मेको पालामा पोस्ट स्टडी वर्क भिसा हटाइएको थियो ।

नयाँ नियम इन्टेक २०२०/२१ देखि लागू हुनेछ । बेलायत सरकारले नयाँ नियम मार्फत बाह्य देशका विद्यार्थी आफ्ना विश्वविद्यालयमा भित्र्याउने लक्ष्य लिएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com