डेंगु के हो र कसरी बच्ने ? अस्पतालमा हाम्रो टिम, आयल निगमले यसरी डुबाउँदैछ व्यवसायी (भिडियो)



प्रकाशित मिति : Sep 10, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४२८ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. के हो डेंगु, कसरी नियन्त्रण गर्ने ?
काठमाडौं । हिजो आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बिरामीहरुको भिड छ । शुक्रराज अस्पतालमा डेंगुका बिरामीको उपचार निःशुल्क हुने घोषणापछि चाप बढेको हो । डेंगुको शंका गर्दै जाँच गर्न आउनेहरुको संख्या बढेपछि अस्पतालमा थप काउन्टर र चिकित्सकहरु थपेर विरामीहरुलाई सेवा दिने काम भइरहेको छ । तर पनि एक जना विरामी ३ घण्टासम्म कुर्नु परेको छ । सिन्धुपाल्चोकका रन्जित दंगाल टिभी हेरिरहेका बेला हातमा लामखुट्टेले टोक्यो । पछि रोगका लक्षण डेंगुको देखिएपछि उनी अहिले टेकुस्थित शुक्रराज अस्पतालमा उपचार गराइरहेका छन् । उनको कोठासँगै विरगञ्जका प्रशान्त जैशवाललाई पनि डेंगु पोजिटिभ देखिएपछि उपचार गराइरहेका छन् । रन्जित र प्रंशान्त मात्र होइन शुक्रराज अस्पतालमा डेंगुको उपचार गराउनहरुको भिड छ ।

२. ट्याङ्कर सञ्चालन गर्न मन्त्रीकै तोक आवश्यक पर्ने ?
काठमाडौं । नेपाल आयल निगमबाट सबै प्रक्रिया पूरा गरेर तयार पारेका ट्याङ्कर सञ्चालन गर्न मन्त्रीकै तोक आवश्यक पर्ने तथ्य भेटिएको छ । गत कार्यक्रममा नेपाल आयल निगमले नै अनुमति दिएर सबै प्रक्रिया पूरा भएर पनि ग्यारेजमा थन्किएका २३ वटा तेल ट्याङकरको बिषयमा रिपोर्टिङ गरेका थियौं । जवाफमा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले कानूनी त्रुटी भएकाले अहिले अध्ययन र प्रक्रियागत रुपमै रहेको बताएका थिए । तर, कार्यकारी निर्देशक पौडेलेले भनेका कानूनी त्रुटी तथा अध्ययन र प्रक्रियाले रोकेको मन्त्रीको तोक नलागेका व्यवसायीलाई मात्रै रहेछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com