सडक बनेको १० बर्षमा पनि १० किलोमिटर सडकमा कालोपत्रे नहुँदा खुटियावासीले भाग्य नै खुटिएको महसुस गरे (भिडियो)



प्रकाशित मिति : Sep 10, 2019

१. सडक बनेको १० बर्षमा पनि १० किलोमिटर सडकमा कालोपत्रे नहुँदा खुटियावासीले भाग्य नै खुटिएको महसुस गरे

कहिले प्रदेश मातहत त कहिले संघीय मातहतमा राखिए पनि जम्मा १० किलोमिटर सडक कालोपत्रे नहुँदा धनगढी र खुटियावासी मारमा परेका छन् । प्रदेशले बनाउन नसकेपछि संघीय सरकारको जिम्मामा फर्किएको १० किलोमिटर सडकको कालोपत्रे कामले अहिले स्थानीयवासीलाई धुवा, धुलो र हिलोमा डुबाएपनि सरकारप्रति स्थानीयवासीको भने मोहभंग हुन थालेको छ ।

विद्यार्थीलाई विद्यालय आवातजावत मात्र नभई खुटियावासीलाई धनगढीसम्म आवातजावत गर्न पनि सास्ती भोग्नु परेको छ यो सडकको कारण । सडक बनेको १० बर्ष वितिसके पनि कालोपत्रेको काम भने नहुँदा स्थानीयवासीमा समस्या थपिदो छ । धेरै आन्दोलन भए , धेरै नारा लागे , धेरैलाई गुहारे स्थानीयवासीले तर समस्या धुलो र धुँवा भने उड्न छोडेको छैन । कठै खुटियावासीको खुटिएको भाग्य ।

२. आत्मनिर्भरताको नारा लगाएर नथाक्ने सरकारले चाहिएको समयमा किसानलाई मल दिन सक्दैन

कृषि प्रधान देश भनिने मुलुकका किसानहरु हरेक बर्ष मलका लागि तड्पिनु पर्ने अवस्था छ । सधैको समस्या हुँदा पनि यसतर्फ सरकार गम्भीर बन्न नसक्नुको परिणाम हो यो । खेत रोप्ने बेलामा मल पाउदैनन किसानले , धान पसाउने बेलामा हाल्नु पर्ने मलको सधैव अभाव हुन्छ यो मुलुकमा । मलमा हुने यो खेलले बर्षेनी उत्पादन गिर्दो छ धानको तर पनि सरकारको ध्यान यसतर्फ जान सकेको छैन ।

बर्षेनी अर्बौको धान र चामल आयात हुन्छ कुनै बेला निर्यात गर्ने यो मुलुकमा । आत्मनिर्भरताको नारा लगाएर नथाक्ने सरकारले चाहिएको समयमा किसानलाई मल दिन नसक्नुको रहस्य अब भने खोजिनै पर्छ ।

३.कान्द्रा नदीमा पुल नबन्दा भजनीवासीको अमनचयन गायब, विद्यार्थीहरु चर्को मारमा परे

कैलालीको भजनी नगरपालिका भएर बग्ने कान्द्रा नदीमा पुल छैन , जस्को कारण भजनी नगरपालिकाका ४ वडाका स्थानीयवासीले हरेक बर्षामा डर र भयको सामना गर्दै आउनु परेको छ । बर्षामा डुंगाको सहारा लिएर तर्नुपर्छ यो नदी सबै स्थानीयवासीले । तर डुंगा चलाउनेहरुले मनलाग्दी रकम असुल गरिदिदा विद्यालय जाने विद्यार्थीहरु र धनगढी पुग्नु पर्ने स्थानीयवासीहरु मारमा पर्दै आएका छन् ।

कान्द्रा नदीमा बाढी आउँदा रहेक अभिभावकको खुसी र चैन खोसिन्छ आफ्ना सन्तानहरुलाई विद्यालय पठाउनु पर्दा । चुनावको समयमा नारा र आश्वासन बन्छ यो पुल तर चुनाव सकिएर पुलको कथा नै हराउछ नेताहरुको दिमागबाट ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com