सरकारले जाँगर चलाएपछि उदयपुर सिमेन्ट कारखानाको फेरियो काँचुली (भिडियो)



प्रकाशित मिति : Sep 07, 2019

१.सरकारले जाँगर चलाएपछि उदयपुर सिमेन्ट कारखानाको फेरियो काँचुली

सरकारले नै जाँगर चलाउने हो भने के हुँदैन रहेछ र भन्ने उदाहरण बनेको छ उदयपुर सिमेन्ट कारखाना । राजनीतिक हस्तक्षेप, विवाद र बिभिन्न प्राविधिक समस्याका कारण उदयपुर सिमेन्ट कारखाना लामो समय थलियो । आम नेपालीको समेत विश्वास जितेको उदयपुर सिमेन्ट कारखाना पुनः सञ्चालनमा आएपछि यस्ले पुनः पुरानो विश्वासलाई बजारमा पुनः स्थापित गरेको छ ।

उच्च गुणस्तरको सिमेन्टकोरुपमा ख्याति र लोकप्रियता कमाएको उदयपुर सिमेन्ट लामो समय वन्द हुँदा त्यस्ले राज्यको ढुकुटीमा नै ठूलो क्षति पु¥यायो । तर अहिले पुनः पुरानो जाँगर देखाएर व्युँतिएको उदयपुर सिमेन्ट कारखानाले फेरि बजारमा माग अनुरुपको सिमेन्ट पठाउन थालेको छ भने उत्पादन बढाउन बिभिन्न सुधारका कार्यक्रमहरु पनि सुरु गरेको छ ।

२.फौजी किराको हमलाले अन्नको भण्डारमा नै आक्रमण गरेपछि मुलुकमा अनिकाल निश्चित

देशमा अनिकाल लाग्ने सम्भावना देखिएको छ । धान र मकैको उत्पादन राम्रो हुने पूर्वका तराई र पहाडी जिल्लाहरुमा फौजी किराको प्रभावले भएका वाली सखाप पारेपछि किसानहरु पुर्पुरोमा हात राखेर बस्न विवश बनेका छन् । अन्नको भण्डार मानिएको क्षेत्रमा भएको अमेरिकी फौजी किराको आक्रमणले धान र मकैमा ठूलो क्षति पु¥याएको छ । मानिसलाई अन्न मात्र नभई गाईवस्तुलाई घाँस परालको पनि अभाव हुने अवस्था देखिएको छ । फौजी किराको प्रकोपको विषयमा सरोकारवाला निकायहरु अझै मौन देखिदा अनिकालको सम्भावना नजिकै आइपुगेको बुझ्न गाह«ो पर्दैन पनि । फौजी किराले रामेछाप, ओखलढुंगा, झापाको मकै र धान खेतीमा असर पार्दै गर्दा यो समस्याले अहिले तेह«थुमलाई पनि गाँजेको छ ।

३.प्रविधिमय विश्वको सम्मान गर्दै नेपालको ग्रामीण क्षेत्रमा पनि प्रविधिमैत्री शिक्षामा जोड

विश्व नै प्रविधिमय बनेर अघि बढिरहेको छ । विज्ञानको विकासले सबै कामहरुलाई प्रविधि भित्र भित्र्याएपछि अहिले हरेक कार्यलाई प्रविधिसंग जोडेर हेर्ने गरिन थालिएको छ । अब अध्ययनका हरेक पाटो पनि प्रविधिसंग गाँसिएपछि नेपालका गाउँठाउँमा पनि यस्ले महत्व पाउन थालेको छ । भोजपुर नगरपालिकाको टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालय टक्सारले पनि प्रविधि मैत्री शिक्षामा जोड दिएर विद्यालयमा कम्प्युटर ल्याबको स्थापना गरेको छ भने २८ शिक्षक र कर्मचारीलाई पनि ल्यापटप वितरण गरेको छ । प्रदेश एक सरकारको सहयोगमा विद्यालयले आफ्नो शिक्षालाई प्रविधिसंग जोड्दा विद्यार्थीहरु पनि हर्षित देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com