संघीय र प्रदेश सरकार भन्दा स्थानीय सरकारसंग जनता नजिक छन् : सञ्जयकुमार तुम्बाहाम्फे, मेयर म्याङलुङ नगरपालिका, तेह्रथुम



प्रकाशित मिति : Sep 07, 2019

काठमाडौं । मुलुक संघीयतामा गइसकेपछि स्थानीय तहहरुको भूमिका प्रभावशाली बन्दै गइरहेको छ । झण्डै दुईदशकपछि स्थानीय तहहरुले जनप्रतिनिधि पाएको छ, भने विकास निर्माणका कामले पनि विस्तारै तीब्रता पाउँदैछ । स्थानीयतहहरुमा भइरहेको विकास निर्माणको कामले गाउँघर पनि बन्ने भयो भन्ने विश्वास पनि जगाएको छ ।

यसै विषयमा न्यूज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ‘छ प्रश्न’मा तेह्रथुम जिल्ला म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाम्फेसँग विशेष कुराकानी गरेरको छ । टिभी जर्नलिष्ट स्मृति मल्लसंग कुराकानी गर्दै मेयर तुम्बाहाम्फेले भन्नुभयो– ‘म निर्वाचित भइसकेपछि पहिलो वर्ष त सिकाईको दौरानमै गयो । त्यसपछि दोस्रो वर्षको दौरानमा जनतालाई दिने राहत, सेवा–सुविधा, संविधानले दिएको सिंहदरबारको अधिकार, स्थानीयतहमा जाने सम्पूर्ण क्रियाकलापहरुलाई सकेसम्म सबै वडा पु¥याउन सक्रिय भएर लागिरहेका छौं । नगरबासीहरुले पनि पहिलेको तुलनामा विकास देख्न पाएका छन्, सेवा सुविधाहरु पाएका छन् ।’

उहाँले भन्नुभयो– ‘जनताको चाहानाहरु धेरै छन् । स्थानीय सरकारसँग श्रोत–साधनहरुको कमी छ । संघीय सरकार र प्रदेश सरकारलाई परिपूर्ति गरेको खण्डमा जनताका ती चाहानाहरुलाई पनि पूरा गर्न सकिन्छ । स्थानीय तहबाट दिइने जुनसुकै सेवा सुविधाहरुलाई कुनै पनि हिच्किचाहट नगरिकन जनतालाई दिन सक्रिय छौं, र जनता पनि त्यसबाट लाभान्वित बनेका छन् ।’

मेयर मतुम्बाहाम्फेले थप्नुभयो– ‘स्थानीय तह फेल भयो भन्ने धारणा चाँही गलत हो । संघीय सरकार र प्रदेश सरकार भन्दा पनि स्थानीतह नै जनताहरुसँग नजिक छ । त्यसैले त्यहाँ जनप्रतिनिधिहरुले राम्रो काम गरिरहेका रहेछन् ।

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com