ह्याकरहरुबाट चनाखो हुनुपर्ने भनेको बैंकहरु नै हुन् : पूर्व डिआइजी हेमन्त मल्ल



प्रकाशित मिति : Sep 03, 2019

काठमाडौं । गत शनिबार पाँचजना चिनियाँ नागरिकले नेपालका ९ वटा बैंकको एटीएम ह्याक गरेर ३ करोड बढी रकम लुटेका थिए । उनीहरुले स्वीच प्रणालीमै मालवेयर अर्थात भाइरस प्रयोग गरेर एटीएमबाट रकम निकालेका थिए । अहिले पाँचै जना चिनियाँ ह्याकरहरु प्रहरीको फन्दामा परिसकेका छन् । उनीहरुको साथबाट प्रहरीले १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको थियो ।

यसै विषयमा विस्तृत कुराकानी गर्नका लागि न्यूज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ‘छ प्रश्न’मा नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्ललाई निम्त्याएको छ । भर्खरै चिनियाँ नागरिकहरुले एटीएक ह्याकगरि पैसा लुटेको विषयमा टिभी जर्नलिष्ट नवराज चालिसेसंग कुराकानी गर्दै उहाँले भन्नुभयो– ‘नेपाल प्रहरीमापनि स्पेशलाइज एजेन्सी छ, जस्तै केन्द्रीय अनुसन्धान व्युरो, जसले बर्षौंदेखि बैंकिङ्ग लगायतका यस्ता मुद्दाहरुलाई सम्हाल्दै आएको छ । त्यसैले यो मुद्दालाई पनि केन्द्रीय अनुसन्धान व्युरोलाई जिम्मा दिइयो भने अनुसन्धान एउटा ‘प्रोपर वे’मा जान्थ्यो जस्तो लाग्छ । किनकि स्पेशलाइज एजेन्सीसँग पूरानो अनुभव पनि छ । र अर्को कुरो सिआईबीसंग ब्याकअपमा आईटी, सफ्टवेयर ईन्जिनियर लगाएतको टिम छ ।’

उहाँले थप्नुभयो– ‘उनीहरुले समय–समयमा ठाउँ परिवर्तन गर्छन् । नेपालमा आउँछन् दुई÷तीनमहिना होहल्ला हुन्छ, त्यसपछि उनीहरु ब्याङ्कक जान्छन् । त्यहाँपनि दुई÷तीन महिना हो–हल्ला हुन्छ, त्यसपछि त्यहाँबाट पनि उनीहरुले ठाउँ परिवर्तन गर्छन् । त्यसैले सबै भन्दा बढी चनाखो हुनुपर्ने भनेको बैंक हो । यो भनेको त बैंकको सिस्टम हो । प्रहरी भनेको सेकेण्ड लाइनमा हो । त्यसैले प्रहरी र बैंकबीच कोर्डिनेशन (सहकार्य) हुनुपर्छ, जसको कारण सजिलै समस्याको समाधान हुन्छ ।’

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com