हिरासत मुक्त भएपछिको पहिलो विशेष सीधाकुरा, जन–गुनासो र विकृति उपरको आवज झनै सशक्त !(भिडियो)



प्रकाशित मिति : Aug 31, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४२४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विगतका एपिसोडहरुमा जस्तै विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ, साथै सम्बन्धित ब्यक्तिसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. श्याम परदेशीबाट पीडित भएकाहरुले अझै न्याय पाउन सकेनन् !
काठमाडौं । करीब डेढ बर्ष अघि सर्लाहीका ‘श्याम परदेशी’ भनिने श्याम कृष्ण शाहले सर्लाहीको हरिवन, नवलपुर लगाएतका सात गाँउ स्थानीयलाई सैतानी व्याजको पासोमा फसाएको रिपोर्ट प्रशारण गरेका थियौं । गरीब परिवारका स्थानीयले मदा–पर्दा लिएको ऋणमा सयौं गुणा बढाएर कागजमा बनाएका श्याम परदेशीको आजीवन तिर्दा पनि ऋण घट्नुको साटो दिन दुई गुना, रात चौगुना बढेको बढ्यै छ ।

२. मानवीय संवेदना किन हराउदैछ ?
खोटाङ । खोटाङको दिक्तेल रुपाकोकट मझुवागढी नगरपालिकाले सामूदायिक कुकुरलाई पिटेर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । दिक्तेल बजारमै एक जनाले डोरी बाँधेर कुकरलाई भाग्न दिदैनन् भने अर्काे व्यक्तिले ठूलो लठ्ठीले कुकुरलाई मार्ने प्रयास गरिरहेका छन् । त्यही एउटा ट्र्याक्टर पनि छ, जसमा मारेका कुकुर हालिएको छ ।

३. कर्मचारी नै ठेकेदार भएको आयोजानमा एक ट्याक्टर गिट्टीको ५७ हजार भुक्तानी माग !
बागलुङ । बागलुङमा कृषि विकास कार्यालयका कर्मचारीले नै ठेक्का लिएको खानेपानी आयोजनामा एक ट्याक्टर गिट्टीको नै ५७ हजार रुपैयाँसम्म भुक्तानी माग गरेको पाइएको छ । बागलुङ नगरपालिकाले वडा न १३ को पाला, वडा न ४ को कुडुले र वडा न ६ को लहरेपिपल खानेपानी आयोजानको काम उपभोक्ता समिति मार्फत कृषि विकास कार्यालयका कर्मचारीसमेत रहेका ऋषी पाठकको श्रीमतीका नाममा रहेको रेग्मी कन्सट्रक्सनले लिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com