प्रधानमन्त्री ओलीकाे शरीरमा बढेको एन्टिबडी घटाउन दिन बिराएर ‘प्लाज्मा फेरिसस’ गरिँदै



प्रकाशित मिति : Aug 25, 2019

काठमाडाैँ, ८ भदाै । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उपचार भइरहेको जानकारी दिनुभयाे । सिंगापुरकाे नेशलन युनभर्सिटी हस्पिटलमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया केही पटक दोहोरिने बताइएको छ ।

प्रधानमन्त्री ओलीको शरीरमा बढेको एन्टिबडी निष्काशन गर्न दिन बिराएर प्लाज्मा फेरिसस गर्नुपर्ने भएको छ । मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा बढी देखिएपछि थप उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर जानुभएको थियो ।

एक दिन बिराएर यो उपचार प्रक्रिया शुरु गरिएको छ । शुक्रबारकाे पहिलो सेसनपछि सकारात्मक प्रभाव परेकोले दोस्रो सेसनअन्तर्गत आइतबार पनि फेरेसिस गर्ने कार्यक्रम रहेको छ । उपचार प्रक्रिया लम्बिने भएकोले कम्तीमा १० दिने ओली सिंगापुरमै रहने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com