विकसित जिल्लाका अविकसित वस्तीहरुलाई समेटेर पूवदेखि पश्चिमसम्म अर्को राजमार्ग खुल्ने भो (भिडियो)



प्रकाशित मिति : Aug 24, 2019

१.विकसित जिल्लाका अविकसित वस्तीहरुलाई समेटेर पूवदेखि पश्चिमसम्म अर्को राजमार्ग खुल्ने भो

सडक विकासको सूचक हो । अहिले मुलुकका सबै जिल्ला सडक सञ्जालमा जोडिसक्दा अन्य सहायक सडक तथा पूर्व र पश्चिमलाई जोड्ने अन्य आधार सडकहरुको निर्माण पनि धमाधम हुन थालेको छ । सडकको अभावमा नै अझै पनि धेरै अभावहरु भोग्नु पर्ने अवस्था विद्यमान छ मुलुकमा । सडक पुगेपछि विकास पनि दौडिन्छ भन्ने मान्यतालाई सडकले नै जोड्दै आएको छ भने स्वास्थ्य , शिक्षा , उपभोग्य सामग्रीको बजारीकरण पनि सडकले नै सम्भव तुल्याउँदै आएको छ ।

लामो समय मुलुकको भाग्य र विकासको रेखा पूर्व पश्चिम महेन्द्र राजमार्गले कोर्यो । अहिले पूर्व पश्चिम पहाडी लोकमार्ग निर्माण अन्तिम चरणमा पुग्दै गर्दा विकसित जिल्लाका अविकसित वस्तीहरुलाई जोड्नै मेची महाकाली जोड्ने नयाँ राजमार्गको परिकल्पना अघि सारिएको छ । झापा इलाम हुँदै सुरु गरिएको यो राजमार्ग १ हजार २ सय ५६ किलोमिटर लामो हुनेछ भने यो सडकले धेरैको भाग्यको ढोका खोल्ने पनि निश्चित नै बनेको छ ।

२.जलवायु परिवर्तनको असरःतराईमा देखिने डेंगु अब पहाडमा पनि पस्यो,तेह«थुममा भेटिए ४ संक्रमित

जलवायु परिवर्तनको असरले तराईमा झुम्मिने लामखुट्टेले आफ्नो वासस्थान पहाडी जिल्लाहरुमा पनि सार्न थालेको धेरै वर्ष वितिसक्यो । तराईमा पाइने विषालु सर्पहरु पहाडी जिल्ला प्रवेश गरेको पनि धेरै भइसक्यो । असरहरु धेरै देखिदै गर्दा अब तराईवासीमा मात्र देखिने डेंगु रोगले पहाडी जिल्लामा पनि उपस्थिति जनाएको छ । तेह«थुम जस्तो ओसिलो र पहाडी जिल्लामा यसपटक चार जनामा डेंगु रोगको संक्रमण देखिए पछि अब तराईको विमार तराईमा मात्र सीमित रहेन यस्ले पहाडमा पनि आफ्नो उपस्थिति देखाएको भान भएको छ ।

जलवायु परिवर्तनको असरको चरम मारमा पर्दै आएको नेपालमा धेरै संकटहरुले यस्ले देखाउँदै अगाडि बढेको पुष्टि हुन थालेको छ । नेपालको हिमालहरु क्रमशः पग्लदै जानु र नेपालको नदीमा आश्रितहरुको जनजीवनमा प्रतिकुल असर पार्ने संकेत जलवायु परिवर्तनले दिइसकेको छ । यसैको कडीकोरुपमा पहाडी र हिमाली जिल्लाहरु निर्ममताका साथ तात्दै जान थालेका छन् । जस्को एउटा संकेत तेह«थुमले उजागर गरेको छ ।

३.ओखलढुंगाका किसानहरुले लगाएको मकै फौजी किराले सखाप पारेपछि …

कृषि प्रधान देशका नेपालका किसानहरुले समय समयमा बिभिन्न समस्याको सामना गर्दै आएका छन् । समयमा नै मल नपाउनु पुरानो समस्या नै भएपनि किटनाशक औषधिको अभाव अर्को समस्या हो । त्यसमाथि किसानले लगाएको बालीमा पनि बिभिन्न किसिमको समस्या देखिदा किसानहरुले पीडामाथि पीडा भोग्दै आउनु परेको छ । यसपटक यस्तै भयो ओखलढुंगाका किसानका लागि ।

फौजी किराको प्रकोपले पाक्न लागेको मकैबाली सखाप पारेपछि किसानहरु मारमा परेका छन् । रातको समयमा देखिने यो किराले मकैको गुबो र हरियो पात नै खाइदिने गरेपछि मकैको बोटको ठुटा मात्र बाँकी रहने गरेको छ । ठूलो क्षेत्रफलमा लगाइएको मकै बाली सखाप पारेपछि किसानहरु सहयोगका लागि हार गुहार गर्न विवश बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com