रबि लामिछानेको समर्थनमा इनरुवामा प्रदर्शन गरिँदै



प्रकाशित मिति : Aug 22, 2019
  • अमर काफ्ले

इनरुवा, ५ भदाै । सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा सुनसरीको सदरमुकाम इनरुवामा शुक्रबार प्रदर्शन गर्न लागिएको छ ।

न्युज २४ को कार्यक्रम सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछानेलाई सुनियोजित तवरले फसाउने प्रयास गरिएको भन्दै स्थानीयहरुले दबावमूलक प्रदर्शनको आयोजना गर्न लागेका हुन् ।

पत्रकार सालिकराम पुडासैनी आत्महत्या अनुसन्धानको नाममा पक्राउ गरिएका सञ्चारकर्मीद्वय लामिछाने र युबराज कंडेलको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने मागसहित सदरमुकाममा प्रदर्शन गर्न लागिएको राकेश निरौलाले बताए ।

चौतर्फी रुपमा लामिछानेको पक्षमा आवाज उठ्न थालेसँगै स्थानीय नगरवासीसँगको सहकार्यमा र्याली सहितको प्रर्दशन आयोजना गर्न लागिएको बताइको छ ।

इनरुवाको शान्तिचौकमा भोलि अपरान्ह ४ बजे भेला भई नगर परिक्रमासहितका कार्यक्रम गर्न लागिएको निरौलाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com