विदेशमन्त्री एस. जयशंकरले भेटे राष्ट्रपति भण्डारीलाई, आजै दिल्ली फर्कने



प्रकाशित मिति : Aug 22, 2019

काठमाडाैँ, ५ भदाै । बुधबारदेखि नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।

बिहीबार बिहान पशुपतिनाथमा पूजाआजा सकेर उनी राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए । साे भेटमा भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोली समावेश रहेकाे भारतीय राजदूतासबासले जानकारी दिएकाे छ ।

नेपाल-भारत संयुक्त आयोगको पाँचाैँ बैठकमा सहभागी जयशंकर बुधबार नेपाल आएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार नै एक घण्टा लामाे भेटवार्ता गरे । साथै बुधबार राति उनले राजपाका शीर्ष नेतासँग दुई घण्टा लामाे रहस्यमय भेट गरेका समेत बताइन्छ । त्यस भेटमा के कुराकानी भयाे भन्ने खुलाइएकाे छैन ।

पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत अाजै भेट गरेर जयशंकर साँझ दिल्ली फर्कने कार्यक्रम रहेकाे जनाइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com