अछामका देवीलाल भारतका १९ प्रान्तसहित नेपालका ६५ जिल्ला घुमेर इलाम आइपुगे



प्रकाशित मिति : Aug 21, 2019
  • बिनय तिम्सीना,

इलाम, ४ भदौं । अछाम जिल्ला चौरपाटी–५ का देवीलाल पाण्डे नेपाल तथा भारतका विभिन्न ठाउँको धार्मिक स्थलको भ्रमण गर्दै इलाम आइपुगेका छन् । २०७५ माघ २३ गते भारतको पञ्जाबबाट यात्रा सुरु गरेका पाण्डेले भारतका विभिन्न १९ वटा राज्यमा रहेका धार्मिक स्थलहरुको भ्रमण गरेर भारतकै पश्चिम बंगालको दार्जिलिङ आइपुगेका थिए ।

२०७६ वैशाख १६ गते इलामको पशुपतिनगरबाट नेपालका धार्मिक स्थलहरुको भ्रमण सुरु गरेका पाण्डेले अहिलेसम्म ६५ जिल्लाको भ्रमण गरिसकका छन् । अछाम जिल्ला घर भएका ६८ वर्षीय पाण्डेका ४ छोरा ३ छोरी र श्रीमती रहेका छन् ।

उनी आफ्नो धार्मिक भ्रमणमा हिड्दा सबै आफ्नै खर्चले हिडेको र कसैबाट सहयोग नभएको बताउँछन् । उनलाई विभिन्न ठाउँका स्थानीयले दानस्वरुप दिएको रकम बाहेक सरकारी तवरबाट कुनै पनि सहयोग नभएको बताउँछन् ।

विभिन्न ठाउँ हेर्ने र धार्मिक स्थलहरुको दर्शन गर्दै शान्तिको कामना गर्दै उनी भ्रमणमा निस्केका हुन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com